राष्ट्र हितमा समर्पित

८२५ संसद र झण्डै १५० मन्त्रीको खर्चले आर्थिक संकट

शनिवार, ९ मंसिर 7:59 PM

अगामी १० गते र २१ गतेको निर्वाचन पश्चात नेपालमा प्रदेशसभा र प्रतिनिधि सभा गरी ८२८ जना संसद बन्नेछन् । त्यसैगरी मन्त्रीको संख्या अब करिब एक सय ५० हुने देखिएको छ ।
निर्वाचन पश्चात संविधान कार्यान्वयन हुने र नेपालको संविधान बमोजिम केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री ताथ प्रदेश सरकारमा मुख्यमन्त्रीसहित राज्यमन्त्री तथा सहायकमन्त्री गरी देशभर मन्त्रीको संख्या अधिकतम १ सय ५० हुने देखिएको हो ।
संसद र मन्त्रीको संख्या धेरै हुँदा सरकारलाई आर्थिक संकट पर्नेछ । विकास निर्माणमा भन्दा पनि मन्त्रीहरुको तलब भत्ता र खर्चमा नै देशको ठूला धनराशी खर्च हुनेछ ।