राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

सेनाले फास्ट ट्रयाक निर्माण शुरु ग¥यो ।

शनिवार, ९ मंसिर २०७४ २०:०२

काठमाडौं । नेपाली सेनाले काठमाडौं(तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा जिम्मा पाए यता निर्माण प्रक्रियालाई गति दिने काम शुरु गरेको छ ।
सेनाले निर्मार्ण कार्यका लागि निर्माण आधारशिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन, निर्माणसम्बद्ध यन्त्ररउपकरण खरिद र विष्फोटक पदार्थ आपूर्तिलगायत काम एकसाथ थालेको छ ।
सेनाले हालसम्म मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेव गरी पाँच स्थानमा शिविर खडा गरिसकेको छ भने थप पाँच स्थानमा शिविर खडा गर्ने बताईएको छ ।
गत १४ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको फास्ट ट्रयाक निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
द्रुतमार्गलाई ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली हुँदै बाराको रतनपुरी लालगाउँ र निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिने छ भने ७६.२ किलोमिटरको द्रुतमार्ग पहाडी क्षेत्रमा २३ र तराईमा २५ मिटर चौडाइको हुनेछ । साथै यसमा ९९ सय वटा पुल समेत निर्माण गरिने छ ।
त्यसै गरी ६ वटा प्रवेश मार्ग र पैदल यात्रुलाई बाटो काट्न ६ वटा आकाशेपुल पनि निर्माण गरिनेछ । ६५ देखि एक सय २० किमि प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिने बताईन्छ । द्रुतगति मार्गको विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक व्यवस्थापन प्रणाली पनि राखिने छ ।

थप जानकारी