राष्ट्र हितमा समर्पित

राजपाको चौतर्फी विरोध

शनिवार, ९ मंसिर 8:08 PM

राष्ट्रिय जनता पार्टी(राजपा)ले प्रतिनिधि र प्रदेश सभा चुनावको लागि घोषणापत्र सार्वजनिक गरेसँगै चौतर्फी विरोध भएको छ ।
राजपाले बहुराष्ट्रको एजेन्डालाई घोषणपत्र राखेको र नेपाल विभिन्न राष्ट्र मिलेर बनेको राज्य भएकोले यसलाई बहुराष्ट्र भन्नु पर्ने उल्लेख गरिएकोमा राजपाको विरोध भएको हो ।
घोषणापत्रमा बहुराष्ट्र राख्ने विषयमा केही नेताहरूले असहमति जनाए पनि अध्यक्ष मण्डलका ठाकुरले सो विषयमा अडान लिएको कारण सो कुरा राखिएको राजपा एक नेताले बताए ।