राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

के अब रविन्द्रको पनि नानीमैयााकै शैलीमा विजय हुने सम्भावना छ त?

शनिवार, ९ मंसिर २०७४ २०:०९

काठमाण्डौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसका प्रकाशमान सिंहको मुख्य प्रतिस्पर्धीको रुपमा विवेकशील साझाका रविन्द्र मिश्र देखिएका छन् । बी.बी.सी नेपाल सेवाका प्रमुख रही सकेका रविन्द्र मिश्रले अहिले निकै चर्चा पाइरहेका छन् । के अब रविन्द्र मिश्रले नानी मैयाकै शैलीमा विजय हुने सम्भावना छ त? अहिले यहि विषय सबैको चासो र चर्चा बनेको छ ।
वि.सं. २०३८ साल बैशाख २० गते भएको निर्वाचनमा नानी मैयाँले काठमाण्डौंबाट विजयी भएकी थिइन् । काठमाडौंबाट प्रत्यक्ष निर्वाचित हुने दुई सांसद मध्ये नानी मैयाँले ६५ हजार ७ सय ७७ मत पाइन् भने त्यसबेलाका चर्चित नेता जोगमेहर श्रेष्ठले २९ हजार ७ सय ४१ मत ल्याएका थिए । यसरी काठमाण्डौंका जनताले पञ्चायत विरुद्ध नानी मैयालाई जिताएका थिए । अहिले पनि विवेकशील साझाका रविन्द्र मिश्र पूर्ण आशावादी छन् । मिश्रले राम्रै समर्थन पाईरहेको बताईन्छ ।
यति मात्र हैन्, वि.स.२०६४ को पहिलो संविधानसभा काठमाण्डौं क्षेत्र नं २ का जनताले माधव कुमार नेपाललाई हराएका थिए । त्यति खेर माओवादीका झुक्कु प्रसाद सुवेदीले जितेका थिए । अहिले यति खेर काठमाण्डौं २ मा माधव कुमार नेपाललाई विवेकीशील साझाका डा.सुर्य राज आचार्य चुनौती दिदैछन् । विवेकशील साझाको अपेक्षा पुरा हुन वा नहुन केही दिनमा नै थाहा हुने नै छ ।

थप जानकारी