राष्ट्र हितमा समर्पित

बुथ कब्जा निर्वाचनको मुख्य चुनौती

शनिवार, ९ मंसिर 8:42 PM

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतपरिणाम आफ्नो पक्षमा ल्याउन राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ ।
स्थानीय प्रशासन र सुरक्षा संगठनले निर्वाचन नहुने अन्य जिल्लाका समर्थक निर्वाचन हुने जिल्लामा पुगेर सुरक्षा चुनौती थप जटिल बनाउने विश्लेषणसमेत गरेका छन् । ३२ जिल्लाको सुरक्षा अवस्थाका आधारमा ७ सय मतदान स्थल अति संवेदनशील सूचीमा छन् । भौगोलिक अवस्था, निर्वाचनमा सहभागी दलका उम्मेदवारको गतिविधि र निर्वाचनविरोधी समूहको प्रभावका आधारमा यी क्षेत्रको पहिचान गरिएको समाचारमा उल्लेख छ ।