राष्ट्र हितमा समर्पित

‘हाई अलर्ट’मा छन् सुरक्षा निकाय

शनिवार, ९ मंसिर 8:46 PM

मंसिर १० गते हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ९० प्रतिशत प्रहरी खटिईएको बताईन्छ । जिल्लाको दरबन्दी अपुग भएपछि प्रहरी मुख्यालयले शुक्रबारसम्म मात्रै केन्द्र (ट्राफिक, अख्तियार, गण, गुल्म) बाट झन्डै नौ हजार प्रहरी बाहिर पठाएको छ ।

अहिले कुल प्रहरी संख्या ७२ हजार ७ सय ३३ छ । आइतबार पहिलो चरणमा ३२ जिल्लामा चुनाव हुँदैछ । सुरक्षामा प्रहरीसँगै ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएका सुरक्षा स्रोतले बताए । अन्य सबै सुरक्षा कर्मीहरुलाई जुनसुकै समयमा खटाउने गरि हाई अलट समेत स्रोतले बताए ।