राष्ट्र हितमा समर्पित

यी अवस्थामा सुरक्षा कर्मीले गोली चलाउन सक्छन् ।

शनिवार, ९ मंसिर 8:50 PM

निर्वाचनलाई शान्त र निश्पक्ष रुपमा सम्पन्न गर्न सुरक्षा निकायले सबै सुरक्षाका उपायहरु अबलम्बन गरेको छ । उच्च सुरक्षा सतर्कता अपनाइरहेका सुरक्षाकर्मीहरुले विशेष स्थितिमा गोलीसमेत चलाउन सक्ने बताईन्छ ।
निर्वाचनमा बुथ कब्जाको प्रयास भएमा वा कसैले विस्फोटको प्रयास गरेमा सुरक्षाकर्मीले गोली चलाउन सक्नेछन् । धेरै धनजनको क्षति हुन सक्ने अवस्थामा र सुरक्षाकर्मी नै असुरक्षित रहने अवस्थामा पनि गोली चल्न सक्ने छ । सरकारले मतपेटिका लुट्न खोजेमा वा मतपेटिका बोकेका गाडीमा आगजनी गर्न खोजेमा पनि गोली चलाउन सक्ने अधिकार सुरक्षाकर्मीलाई गृह मन्त्रालयले दिएको छ ।