राष्ट्र हितमा समर्पित

कमल थापाको प्रस्तावमा बूढीगण्डकी स्वदेशी लगानीमा बनाउने निर्णय

शनिवार, ९ मंसिर 8:51 PM

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाको प्रस्तावमा बुढी गण्डकी आयोजना स्वदेशी लगानीमा बनाउने निर्णय मन्त्रिपरिषदले गरेको छ । मन्त्रिपरिषदको निर्णयबारे पत्रकार सम्मेलन गरि उर्जा मन्त्री कमल थापाले जानकारी दिनु भयो ।
यसभन्दा अघिको प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवालाई निर्माणका लागि ठेक्का दिएको थियो । प्रक्रिया नमिलेको भन्दै संसदीय समितिले गेजुवासँगको सम्झौता खारेज गर्न सरकारलाई निर्देशन समेत दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले दुई साताअघि उर्जा मन्त्री कमल थापाकै प्रस्तावमा गेजुवाको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । अहिले पनि उर्जा मन्त्री थापाकै प्रस्तावमा आयोजना निर्माण गर्ने जिम्मा नेपाल विद्युत प्राधिकरणलाई दिने निर्णय गरिएको हो । आयोजना ८ वर्ष भित्र निर्माण गरिने लक्ष्य छ लिईएको छ ।