राष्ट्र हितमा समर्पित

राप्रपाका प्रकाश रिमालको स्थिति बलियो

शनिवार, ९ मंसिर 8:53 PM

अगामी प्रदेश सभा निर्वाचनमा क्षेत्र न. ८ ख प्रदेशमा प्रत्यक्षतर्फ प्रकाश रिमालको स्थिति बलियो देखिएको छ एक स्थानीय मतदात बताउछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार रिमालले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गरेको, युवाहरुलाई विभिन्न समाजिक गतिविधिमा सहभागी गराएको, विकासका पक्षमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकाले उनको पक्षमा जनलहर बढेको स्थानीयबासी बताउँछन् ।
वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा समेत सीतापाइला गाविस ६ को वडा अध्यक्षमा निर्वाचत रिमालले यसै क्षेत्रमा ८ वर्ष शिक्षण पनि गरेका थिए । सीतापाइला, रामकोट, भीमढुङ्गा सडक उपभोक्ता समितिको अध्यक्ष भई उनले त्यस क्षेत्रमा सडक विस्तारमा महत्वपूर्ण भूमिका समेत निर्वाह गरेका थिए ।
राप्रपाको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष समेत रहेका रिमाल स्थानीयस्तरमा प्रभावशाली नेता मानिन्छन् । उनले जित युवाहरुको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्न रिमाल बताउदछ ।