राष्ट्र हितमा समर्पित

महिला फुटबलको उपाधि एपिएफलाई

शनिवार, ९ मंसिर 8:56 PM

सैनिक मुख्यालय भद्रकालीस्थित फुटबल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा एपिएफले आयोजक त्रिभुवन आर्मी क्लवलाई ३–२ को अन्तरले हराउदै उपाधि जितेको छ ।
आर्मी र एपिएफबीच भएको प्रतिस्पर्धात्मक खेलमा एपिएफका तर्फबाट सावित्रा भण्डारी, रेनुका नगरकोटी र सजना रानाले र आर्मीका तर्फबाट सपना लामा र कृष्णा खत्रीले गोल गरेका थिए । उपाधि बिजेता एपिएफ क्लवले ३ लाख र उपबिजेतामा आर्मीले १ लाख पचास हजार नगद पुरस्कार पाएको छ ।