राष्ट्र हितमा समर्पित

डेण्टल क्लिनिक र औषधि पसलमा तालाबन्दी

शनिवार, ९ मंसिर 9:03 PM

नेपालगञ्जको एक डेण्टल क्लिनिक र औषधि पसलमा बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गराएकोान तालाबन्दी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग, नेपाल प्रहरी र वाणिज्य कार्यालयको संयुक्त टोलीले बजार अनुगमन गर्ने क्रममा नवीकरण नगरी संचालन गरेको पसल तथा क्लिनिकलाई बन्द गराएको थियो ।
अनुगमन टोलीले यहाँका अधिकांश औषधि पसल र क्लिनिकमा फारमेसिस्ट व्यवसायी नभई अन्य कर्मचारीले औषधि बेच्ने गरेको, औषधिको रेकर्ड नराखेको र नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको फेला पारेको जनाएको छ । रासस