राष्ट्र हितमा समर्पित

३२ जिल्लामा पहिलो चरणको निर्वाचन शुरु हुँदै

आइतवार, १० मंसिर 7:59 AM

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन अन्तर्गत ३२ जिल्लाको ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचन आयोगको पूर्वनिर्धारित तालिका बमोजिम हिमाली र उच्च पहाडी जिल्लाहरुमा मतदान प्रक्रिया सुरु भएको हो ।
मतदाताले मतदाता परिचय पत्र लिएर तोकिएको मतदान केन्द्रमा गई बेजुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । पहिलो चरण निर्वाचनमा ३१ लख ९१ हजार ९४५ मतदाता र ४६५ मतदान केन्द्र रहेका छन् ।