राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख १३, २०८१

निर्वाचनमा दिनभर नेपाली सेना हवाईगस्ती गर्ने

आइतवार, १० मंसिर २०७४ ८:१४

पहिलो चरणको निर्वाचन सुरु भएकोसँगै सेनाले उच्च सुरक्षा अप्नाउदै हवाई गस्ती थालेको छ । राजधानी काठमाडौं सहित नेपाली सेनाका सातवटै पृतनाहरुमा जहाज र हेलिकोप्टरहरु तैनाथ गरिएको छ ।
नेपाली सेनासँग १४ वटा हेलिकोप्टर र जहाज चालू अवस्थामा छन्। हवाई गस्तीका लागि राजधानीबाहिरका पृतनामा ७ वटा हेलिकोप्टर पठाएको सेनाले काठमाडौंमा रहेका बाँकी ७ जहाज र हेलिकोप्टरहरुलाई पनि हवाई गस्तीका लागि प्रयोग गर्नेछ।
निर्वाचन बिथोल्न क्रियाकलाप नहोस् भन्ने उद्देश्यले सेनाले दिनभरि हवाई गस्तीको योजना बनाएको हो । त्यसबाहेक कुनै घटना भयो भने आवस्यकता बमोजिम तत्काल फौज उतार्नका लागि पनि ती हेलिकोप्टर प्रयोग हुनेछन् ।
पहिलो चरणमा निर्वाचन सम्पन्न भएपछि मतपेटिका ओसार्नका लागि पनि ती हेलिकोप्टरहरु प्रयोग हुनेछन् ।

थप जानकारी