राष्ट्र हितमा समर्पित

कमल थापा विरुद्धको भ्रम र वास्तविकता तथा हिन्दुराज्यको लागी अहिलेको आवस्यकता ।

आइतवार, १० मंसिर 8:51 AM

टेकराज पनेरू-डडेल्धुरा

राप्रपा भन्दा पनि एक हिन्दुको अन्तर्मनको आवाज हो। मोहन वैध झै राप्रपा/कमल थापालाई गुमनाम बनाउन हिन्दुराज्यको आवाज र आन्दोलनलाई सदासर्वदाको लागि समाप्त पार्न चाहने मन्दिरै मन्दिरको देशलाई चर्चै चर्चको देशमा रुपान्तरण गर्न चाहने विदेशी शक्ति र तिनका घरेलुु दलालहरु राप्रपा र कमल थापा विरुद्ध सुनियोजित र योजनावद्व रूपमा भ्रमको खेती गरिरहेका छन।विना पुर्वाग्रह यथार्थ बुझ्ने कोसिस गरौ।
हिसाको मार्गमा विश्वास नगर्ने वा शसस्त्र संघर्ष गर्ने स्थिति अनुकुल नभएपछि प्रजातान्त्रिक पद्धति द्वारा आफ्ना मान्यता स्थापित गराउने मार्ग अपनाए हिडेको राजनैतिक पार्टीले आफ्नो मान्यता स्थापित गर्न संगठन मजवुत वनाउन जनतालाई गोलवन्द गर्न देश हितमा सडक सदन र सत्ताको प्रयोग स्वाभाविक प्रक्रिया हो।तर राप्रपा र कमल थापाका विरुद्धमा विभिन्न आवरणमा निकृस्ट आरोप र भ्रमका खेती गरिए/गरिदैछन।पश्चिमा मुलुकका दानापानीमा गुजारा गर्नेहरू रातदिन राप्रपा र कमल थापाको विरुद्धमा भ्रम छर्नमा व्यस्त छन।तिनीहरुको भ्रमम केही समुदाय भ्रमित भएको छ।केही हिन्दु र राजाको नाममा खुद्रा पसल चलाउनेहरु पनि भ्रम छर्दैछन तिनीहरुमा केहि त विशुद्ध पश्चिमाहरु बाट कमल थापाको विरोध गर्न / हिन्दुराज्य भन्नेहरू लाई संगठित हुन नदिने गतिविधि गर्न संचालित छन(आवस्यक परे नाम/ कस्ले को मार्फत पैसा बुझछन/ कस्को कनेक्सन कहाँ हो विवरण दिनसकिन्छ) अर्को थरी चाहिँ भावना र आवेगमा आएर छिटोभन्दा छिटो परिणाम खोज्ने देश काल परिस्थितिको राजनैतिक चेतना नभएको जमात छ जो भोलि नै हिन्दुराज्य र राजसंस्था पुनःस्थापन भएको हेर्न चाहन्छ तर धरातलीय यथार्थलाई बुझेका छैनन।
सबै घटनाक्रमहरुले प्रष्ट गर्दछ कि विदेशी र उनका स्वदेशी मानसपुत्रहरु कुनै हालतमा हिन्दुराज्य पुनःस्थापन हुन दिन चाहन्नन।एक पछी अर्को घेरावन्दी गर्दैछन।भ्रममा नपरेर वास्तविकता बुझौ।
रातारात धर्म निरपेक्ष घोषणा गरियो त्यस्का विरुद्धमा बोल्दा कमल थापालाई नजरवन्दमा राखियो अनेकौं निशेध आक्रमण गरिए त्यसका वावजुद पनि निरन्तर कमल थापाले संघर्ष गर्दै जादा राप्रपा नेपाल चौथो शक्ति बन्न पुग्यो।संविधानसभामा संविधान बन्दै गर्दा गणतन्त्र संघीयता र धर्म निरपेक्षतालाई अपरिवर्तनीय धाराको रूपमा राख्ने खेल भयो कमल थापाको लडाईले त्यो रोकियो।देशब्यापी हिन्दुराज्य हुनुपर्ने सुझाव आउदा त्यो लत्याईयो।हिन्दुराज्यको आन्दोलन चर्किदा त्यो आन्दोलनलाई निस्तेज गर्न मधेस आन्दोलन चलाईयो र जनताको ध्यान अन्यत्र मोडियो हिन्दुराज्यको आन्दोलन सिथिल भयो।राप्रपा एकीकरण भयो ६ महिना नपुग्दै विभाजन गराईयो त्यो एउटा् डिजाइन थियो।
राप्रपाको गन्तव्य हिन्दुराज्य राजसंस्था पुनःस्थापन हो त्यस्मा दुइमत छैन एकथरी आरोप लगाउने गर्दछन एजेन्डा छोडेर सरकारमा गयो रे?साम्यवाद अन्तिम गन्तव्य भन्ने कम्युनिस्टहरुले दर्जनौं पटक सरकारमा सहभागी हुने प्रधानमन्त्री हुने आफ्नो पार्टीको सरकार आफै ढलाएर आफू प्रधानमन्त्री हुदा त्यो स्वाभाविक रे? तर राप्रपा र कमल थापाले सरकारमा सहभागी हुनु चाहिँ जघन्य अपराध रे?
के कमल थापा/राप्रपाले सरकारमा सहभागी हुनु हुन्न या हुने छैनौ भनेर कवुल नामा गरेका थिए?या सरकारमा जानको लागि कुनै फोहरी खेल खेले?या सरकारमा गएपछि कुनै राष्ट्रिय हित विरुद्धमा कुनै काम गरे?
जब नाकावन्दी थियो त्यस्को सामना गरे।हो राप्रपा नेपाल ले राप्रपा संग एकीकरण गरेपछि प्रचण्ड सरकारमा सहभागी हुनु एतिहासीक भुल थियोे त्यो सार्वजनिक रूपमा स्विकार्दै गल्ती माफी मागेका छन।सायद नेपालको इतिहासमा सरकारमा सहभागी हुनु गलती थियोे भनेर स्विकार्ने पार्टी राप्रपा र नेता कमल थापा नै हुन।नेपालमा २०४६ देखि यता नैतिकताको आधारमा कानुनी सर्वोच्चताको जगेर्नाको लागि प्रधानन्यायाधीश माथि महाअभियोग लगाउदा निर्वाचनको मुखमा कमल थापाले राजीनामा दिए/ सरकार छोडे।कसैले त्यो हिम्मत गर्नसक्छ? विनाविभागीय भएर झुण्डिनेहरुको युगमा ?कमल थापा सत्ता लोभी भएका भए किन राजीनामा दिन्थे?लोभी भएका भए पटकपटक मन्त्री हुदा कुनै भ्रष्टाचार गरेको छ? स्थानीय विकास मन्त्री हुदा गाविस सचीवहरु लाई दिने मोटरसाइकल मन्त्रालयले आफै खरिद गरेको भए ५/७ करोड कमिसन आउथ्यो तर उनले त्यो गरेनन सिधै खरिद अधिकार गाविसलाई दिए।सडक सौर्य वत्ती जडान कार्य सिधै मन्त्रालयले गरेको भए ५०/६० करोड कमिसन आउथ्यो त्यो अधिकार पनि नगरपालिकालाई दिए,drilip,snrtp,lgcdp आदि परियोजनामा हस्तक्षेप आदि गरेको भए करोडौं कमिसन आउथ्यो र कार्यकर्तालाई पोसेको भए कार्यकर्ता पनि भ्रष्ट हुन्थे।तर कमल थापाले सिस्टम वसाउन खोजे हाम्रो होइन राम्रो रोजे अपवाद वाहेक सरुवा गरेनन् बरु देशभर कार्यकर्ताको आरोप खेपे कि काम गरिदिएन भन्ने तर राज्यसत्ताको दुरुपयोग गरेनन।परराष्ट्रमा राजदूत बनाउदा पनि करोडौं कमिसन आउथ्यो तर उनले योग्यता क्षमताको मुल्यांकनमा सिफारिस गरे।स्मरणीय घटना छ एकजनाले जापानको दूतावासमा जान ३ करोड वोकेर कमल थापाको घरमा जादा तपाईं आजदेखी मेरो घरमा नआउनु म अरु जस्तो होइन भनी फर्काएको मैले स्वय देखेको छु ती सह सचीव अझै परराष्ट्र मन्त्रालयमा छन्।स्थानीयले विकास मन्त्रालयमा डोलिडारको प्रमुखमा ईमानदार मान्छे ल्याए गच्छदार भएपछि ती हटाईए पुन पुरानालाई ल्याए।अहिले उर्जा मन्त्री भएपछि विना प्रतिस्पर्धा सुम्पिएको बुढिगण्डकी सम्झौता खारेज गरि त्यो स्वदेशी लगानीमा बनाउने निर्णय गरेर नेपालीले पनि केही गर्न सक्छन् भन्ने संदेश र नागरिकहरुमा आशाको संचार गरे,उनमा वेइमानी भएको भए कमिसन लिन्थे होला नी?
के अपराध गरे कमल थापाले ?उनी सत्ता लोलुप हुन्थे भने विदेश संझ सम्झौता गरेर एक्लै अपमान निशेध र आक्रमणको सिकार भएर हिन्दुराज्य र राजसंस्थाको मुद्दा बोक्दैनथे।त्यो कसैले बाध्य बनाएको होइन राष्ट्रिय हितको लागि एतिहासीक अभिभारा निभाएका हुन।
कमल थापा सत्ता लोभी भएका भए उनी पनि भ्रष्टाचार गर्थे होलान् नि? पैसा तितो नहुनु पर्ने?सत्तान्मुख राजनीति गर्नेहरूले भ्रष्टाचार गरेको कमिसन खान्छन् त्यो कार्यकर्तामा वाढछन पैसाको वलमा संगठन बनाउछन चुनाव जित्छ्न।मेरो संगठन ठुलो होस म ठूलो पार्टीको नेता बन्न सकौ भन्ने चाहना त कमल थापाको पनि होलानी तर उनले संगठन ठुलो बनाउन राज्यसत्ताको दुरुपयोग गरेर पैसाको खेती गरेका छैनन्।अरु पार्टीले एउटामात्र गाउपालीकामा ५० लाख खर्च गर्दा कमल थापाले ५ हजार दिन सकेनन।एउटा् निर्वाचन क्षेत्रमा करोडौं खर्च गर्दा कमल थापाले ५० हजार दिन सकेका छैनन्।यदि उनमा त्यस्तो लोलुपता हुन्थ्यो भने अरु जस्तै विदेशीको नकस खाने देखि कमिसनको खेलमा लागेर पैसा फ्याको तमासा देखोको राजनीति गर्थे होलान् तर वाहिर भ्रम फैलाए जस्तो कमल थापा छैनन् होइनन् ।
कमल थापा स्व रास्ट्रवादी आदर्शपुर्ण राजनीति स्थापित गर्न चाहन्छ।राजनीति व्यापार होइन मुल्य मान्यता र आदर्शको लागि राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्छन।
शान्तिपुर्ण तरिकाले एकदिन नेपाली जनता हिन्दुराज्य र राजसंस्था पुनःस्थापन गर्न तयार हुन्छन् सबै भ्रमहरु निवारण हुन्छन् भन्ने दृढ़ विश्वास छ।सारा देशी विदेशी शक्ति हिन्दुराज्यको विपक्षमा छन।संगठनको शक्ति विना पुनःस्थापन संभव छैन २/४ सय वा २/४ हजार जनाले कराउँदैमा हुदैन।हरेक तहमा हरेक गाउँ वस्तिमा मजवुत संगठनको जालो बनिसकेपछी मात्रै विद्रोह वा वहुमत द्वारा हिन्दुराज्य पुनःस्थापन गर्न सकिन्छ।त्यस्को लागी संयमता धैर्यता त्याग चाहिन्छ।हिजोका दिनमा राजा र हिन्दुराज्यको नाम लिने मान्छे जिल्ला सदरमुकाम सम् भेट्टाउन गाहो थियो आज हरेक ठाउँमा २/४ जना देखि २/४ सय,हजार जना तयार भएका छन त्यो ठूलो उपलब्धि हो। यदि संविधानमा धर्म निरपेक्षता लाई अपरिवर्तनिय धारा बनाईएको भए आज कोही पनि सडक चोकमा हिन्दुराज्यको वहस गर्न सक्थेनौ यो खुल्ला र सहज परिवेस कमल थापाले निर्माण गरेका हुन।अब अहिलेसम्म भएको उपलब्धिलाई संस्थागत गरेर हिन्दुराज्यको आन्दोलनलाई मजबुत बनाउन संसदमा राप्रपाको बलियो उपस्थिति हुनु अनिवार्य छ।त्यस्को लागि हरेक स्वदेश प्रेमीहरुको साथ सहयोगको आवस्यकता छ।यदि अहिले अफवाह र भ्रममा परेर राप्रपालाई सहयोग गरेनौ राप्रपाको स्थिति कमजोर भयो भने भोलि हिन्दुराज्य राजसंस्थाको कुरा गर्नेलाई जसरी विगतमा रत्नपार्कमा स्वामी श्रीनिवासाचार्यज्युको अनसनस्थल तोडियो धुनी नस्ट पारियो(त्यतीखेर देशभरी राप्रपा नेपालले सडकमा आन्दोलन गर्‍यो र संसदमा कमल थापाले कडा विरोध गरेपछि-तत्कालीन गृहमन्त्री बामदेव गौतम संग त त भ्रष्टाचारी समेत भनेर झगडा गरेका थिए तब माफी मागेका थिए बामदेवले)त्यसरी नै सबैलाई घोक्रेठ्याक लगाउनेछन।यी घर्मनिरपेक्षतावादी इदि अमिनका उत्तराधिकारी हुन यिनिहरु नेपाललाई चर्चै चर्चको जंगलमा रुपान्तरण गर्न चाहन्छ त्यसैले उनीहरु हिन्दुराज्यको लागि चट्टान झै उभिने बोल्ने कमल थापालाई/राप्रपालाई समाप्त पार्न भ्रमको खेती गर्दैछन।
कंग्रेस कम्युनिस्टका नेताहरूका मधुर भासामा हामी पनि हिन्दु हौ भन्ने मोहनीमा पर्नु अर्को भुल हो।ताक परे तिवारी नत्र गोतामे चरित्र बोकेका छ्न तिनीहरुले।अहिलेसम्म कुनै नेताले कहि कतै संस्कृति माथि भैरहेको आक्रमणका विरुद्धमा बोलेको सुन्नु भएको छ? कमल थापाले संबिधानसभामा हिन्दुराज्यको प्रस्ताव राख्दा कसैले सहयोग गरे? खुमबहादुर खड्का कि श्रीमती शिला खडका,शेखर,ससाङ्क कता हराए? बाहिर हिन्दु जनमत आफू तिर तान्न कहिलेकाही बोल्ने निर्णायक ठाउँमा चुप बस्नेहरूको नियती बुझ्नु जरुरी छ।हो राप्रपा बलियो भएर आयो र देशब्यापी आन्दोलन चल्यो भने जनमत खस्किने डर र कम्युनिस्ट भन्दा उदार भएको कारण कंग्रेस हिन्दुराज्यमा आउनसक्ने हुन्छ।नत्र आउदैन।
अहिले हामीले विवेक पुर्‍याएनौ र भ्रममै पर्‍यौ भने अबका १० वर्ष सम्म हिन्दुराज्यको लागि यसरी आगो संग खेलेर आवाज उठाउने नेता र संगठन तयार हुनेछैन त्यतिखेर सम्म चौतर्फी भताभुङग भैसकेको हुनेछ र पश्चतापको ज्वालामा जल्नु पर्नेछ।
आज हिन्दुराज्यको लागि कमल थापाको नेतृत्वमा हजारौं संगठित भएका छन। वाहिर संगठित नभएकाहरु पनि खुल्ले आम वहस गर्दैछन कोही स्वतन्त्र संगठन बनाउदैछन तर राप्रपा कम्जोर हुने बित्तिकै सबैमाथी आक्रमण हुनेछ त्यतीखेर कोही संगठित शक्ति हाम्रो पक्षमा बोली दिने हुने छैन त्यसैले
अब हिन्दु समाजले गंभिर भएर सोच्नुपर्ने बेला आएको छ।अनेकौं दुख अभाव झेलेर हिन्दुराज्यको लागि निरंतर लागिपर्ने नेता र पार्टीलाई मजवुत बनाउनुपर्ने अहिलेको आवस्यकतालाई मध्यनजर गर्दै नेपाली संस्कृति नस्ट पार्ने नेपाललाई पराईको कृडास्थल बनाउनेहरुको भ्रममा नपरी विना पुर्वाग्रह राप्रपा र कमल थापाको बारेमा सकारात्मक धारण निर्माण गरि इतिहासले सुम्पेको अभिभारा सनातन संस्कृतिको जगेर्ना र हिन्दुत्वको धरातल समृद्ध नेपाल निर्माण गर्न सहयोग गर्न हार्दिक अपिल गर्दछु।