राष्ट्र हितमा समर्पित

एमालेको ह्यावी वेट अष्टलक्ष्मीप्रति मतदाता असन्तुष्ट

आइतवार, १० मंसिर 2:20 PM

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दोस्रो चरणको मिति नजिकिदै जादा एमालेको ह्यावी वेट अष्टलक्ष्मी शाक्यप्रति काठमाडौं क्षेत्र नं. ८ प्रदेश ख का मतदाताको असुन्तष्टि बढ्दो छ । विगतमा पटक पटक संसदीय निर्वाचनमा निर्वाचित भई मन्त्री समेत भएकी एमाले नेतृ शाक्यले उम्मेदवारी दिएको क्षेत्रमा कुनै पनि विकास निर्माणको कार्य नगरेको तथा कार्यकर्तालाई वेवास्ता गरेको हुँदा एमालेकै कार्यकर्ता, मतदाता समेत असन्तुष्ट भएका हुन् । शाक्यले उम्मेदवारी दिएको प्रदेश ख मा उनको मतदाता नामावलीमा समेत नाम नभएको र आफ्नो राजनितिक कार्यक्षेत्र भन्दा बाहिरको प्रदेश परेको तथा विगतमा खानेपानी, सडक लगायतका विकास निर्माणका गतिविधिमा प्रदेशभित्रको स्थानीय जनतालाई वेवास्था गरेकोले उनलाई यस प्रदेशसभाको निर्वाचनमा चुनौती थपिएको हो । शाक्य एमाले उपाध्यक्ष भएर जबरजस्ती यस प्रदेशबाट एमाले नेता कार्यकर्ता समेतलाई वाईपास गरी उम्मेदवारी दिएकोमा रुष्ट एक एमाले कार्यकर्ताले उनलाई नसघाउने राष्ट्रिय समाचारलाई बताएका छन् । त्यस्तै कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका देवरत्न डंगोललाई कार्यकर्ताले साथ नदिँदा उनको चुनावी अभियान समेत प्रभावकारी देखिएको छैन् भने कांग्रेस कार्यकर्ता समेतले उनलाई रुचाएकका छैनन् । त्यस्तै अष्टलक्ष्मी शाक्य एमाले तर्फबाट समानुपातिक सांसद भएकी थिईन । सांसद हुँदा संसदीय विकास कोषको करोडौं रकम क्षेत्र नम्बर नं. ९ मा खर्च गरेका थिइन् । कांग्रेस र एमाले दुवैको उम्मेदवारप्रति आम मतदाता समेत असन्तुष्ट भएको हुँदा राप्रपाका तर्फबाट उम्मेदवारी दिएका युवा प्रभावशाली नेता प्रकाश रिमालको विजयी हुने सम्भावना निक्कै बलियो रहेको एक स्थानीय मतदाताले बताए ।