राष्ट्र हितमा समर्पित

हुम्लाको एक मतदान केन्द्रमा निर्वाचन बहिष्कार

आइतवार, १० मंसिर 4:51 PM

मंसिर १०, २०७४-  आज ३२ जिल्लाको ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाको निर्वाचनमा हुम्लाको एक मतदान केन्द्रमा मत खसेको छैन,  हुम्लाको चंखेली गाउँपालिकाका स्थानीयले आज जारी प्रतिनिधि र पूदेश सभा निर्वाचन बहिस्कार गरेका छन् । रारा प्रा.वि मेखाला मतदान केन्द्रमा एउटा पनि मत खसेको छैन् । करीब १ सय १९ मतदाता संख्या रहेको सो मतदान केन्द्रका स्थानीयले भोट बहिस्कार गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले जानकारी दिनुभयो ।