राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

६५ प्रतिशत भन्दा बढी मत खस्योः आयोग

सोमवार, ११ मंसिर २०७४ ९:३७

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत भन्दा धेरै मत खसेको निर्वाचन आयोगले जनाएको छ । ३२ जिल्लामा केही केही बाहेक सबै तिर निर्वाचन शान्त र उत्साहजनक रुपमा सम्पन्न भएको आयोगले बताएको छ । पहिलो चरणको निर्वाचनमा प्रतिधिनिसभा तर्फ ३७ र प्रदेशतर्फ ७४ सिटका लागि मतदान सम्पन्न भएको छ । भौगोलिक रुपमा छुटाएर निर्वाचन आयोगले हिमाली र पहाडी जिल्लामा पहिलो चरणमा निर्वाचन सम्पन्न गराएको हो । यस निर्वाचनमा प्रत्येक्ष तर्फ ७०२ जनाले उम्मेदवारी दिएका थिए । केही स्थानमा मतदान स्थागित भएको र उक्त स्थान छिट्टै पुनः मतदानको व्यवस्था मिलाउने आयोगले बतायो

थप जानकारी