राष्ट्र हितमा समर्पित

मतदान अधिकृत नै पक्राउ ।

सोमवार, ११ मंसिर 12:22 PM

कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाएको मतपत्र सहित एक जना मतदान अधिकृत प्रक्राउ परेका छ्न ।
प्रतिनिधि सभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा खटिएका मतदान अधिकृतबाट नै निर्वाचन कानुन विपरीतको कार्य भएको छ । नुवाकोट जिल्लाको क्षेत्र नम्बर २ स्थित ताराकेश्वर–२ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतसहित समातिएका हुन् । उनलाई अनुसन्धानका लागि प्रहरी हितासतमा राखिएको छ ।