राष्ट्र हितमा समर्पित

मैले फुटपाथमा राष्ट्रिय झन्डा भेट

सोमवार, ११ मंसिर 12:32 PM

मैले ठमेलको फुटपाथमा राष्ट्रिय झन्डा भेटेँ । हिजो अपरान्ह ४ बजेतिर केशर पुस्तकालयको विपरीत ठमेलतिर जाने सडकको फुटपाथमा कुल्चीमिल्ची गरेर धूलोमैलो पारेको अवस्थामा यो राष्ट्रिय झन्डा भेटेँ ।

उपेक्षित अवस्थामा अाफ्नो देशको राष्ट्रिय झन्डा देख्ता मेरो कनपारो तातेर अायो । झन्डालाई उठाएँ । धूलोमैले पूछपाछ गरेँ र ज्याकेटको खल्तीमा हालेँ । घरमा अाएर सर्फ पानीमा हालेर २ घन्टापछि धोएँ ।

कसले किन यो राष्ट्रिय झन्डा त्यसरी फ्याँक्यो होला ? फुटपाथमा फ्याँकिएको देख्नासाथ किन कसैले यो झन्डा टिपेन होला ! के कुनै पनि नेपालीको अाँखामा यो झन्डा परेन होला त ?

राष्ट्रिय झन्डा केवल कडाको टुक्रा वा टालो होइन । यो त हाम्रो स्वतन्त्रता , स्वाभिमान , गौरव र पहिचान हो । हाम्रो राष्ट्रिय झन्डा हाम्रो सर्वस्व हो ।

फणिन्द्र नेपालको फेसबुकबाट