राष्ट्र हितमा समर्पित

प्रचण्ड निवासमा ताला लाग्यो

सोमवार, ११ मंसिर 1:39 PM

पुर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लाजिम्पाटस्थित निजी निवासमा पहिलो पटक ताला लागेको छ। उनको छोरा प्रकाशको निधनपछि शोकाकूल श्रीमति पत्नी सीतासहित प्रचण्ड चितवन र दुबै बुहारीहरु आ–आफ्नो जिल्लातर्फ लागेपछि घरमा ताला लागेको हो । शनिबार दिउँसोमात्र प्रकाशपत्नी बीना कञ्चनपुरतर्फ लागेपछि प्रचण्ड निवासमा ताला लागेको छ । अध्यक्ष प्रचण्ड पत्नी सीता र परिवारका अन्य सदस्य सहित शुक्रबार नै चितवनतर्फ लागेका थिए। उनका साथमा छोरी रेणु र गंगासहित परिवारका अन्य सदस्य पनि थिए। यसैगरी प्रकाशका जेठी श्रीमतितर्फका छोरा प्रसिद्धपनि उनीसँगै चितवन गए। बुहारी सिर्जना चाहिँ पोखरातर्फ लागिन्।