राष्ट्र हितमा समर्पित

औपनिवेशिक हिंसा : प्रथम विश्वयुद्धको कुरूप अनुहार (भाग–२)

सोमवार, ११ मंसिर 2:15 PM

पहिलो विश्वयुद्ध समाप्त भएको करिब एक शताब्दी हुँदा पनि युद्धमा संलग्न गैर–युरोपेली मुलुकहरूको युद्ध सम्बन्धित विषयका अनुभव र दृष्टिकोण अझै पनि स्पष्ट हुन सकेको छैन । पहिलो विश्वयुद्धसम्बन्धी धेरैजसो विवरणहरूले युद्धलाई युरोपेली मामिलाका रूपमा मात्रै देखाइएको छ, अर्थात् युरोप महादेशको शान्ति चार वर्षको भयानक युद्धले बिथोलेको र पश्चिमा राष्ट्रवाद विकृत भएको देखाइन्छ ।

युद्धले एसियाली र अफ्रिकी क्षेत्रमा कसरी राजनीतिक उथलपुथल ल्यायो भन्ने बारेमा तुलनात्मक रूपमा धेरै अनभिज्ञ छन् । अर्थात अरब र तुर्की राष्ट्रवादी वा भारत र भियातनामी उपनिवेश विरोधी अभियन्ताहरूले यो युद्धलाई मौकाका रूपमा कसरी प्रयोग गर्न पाए ? अथवा युरोपका पुराना साम्राज्य भात्काउँदा, एसियामा जापानले कसरी आफ्नो बर्बर साम्राज्यवादी शक्ति फैलाउन पायो ।

अफ्रिका र एसियाका सत्तारुढ अभिजात वर्गहरूमा देखिएको उग्रराष्ट्रवाद पहिलो विश्वयुद्धले युरोपबाहिरका मुलुकहरूमा देखिएको राजनीतिक असरका रूपमा स्पष्टरूपमा हेर्न सकिन्छ र यो असरको स्पष्ट रूप चिनियाँ व्यवस्थामा प्रष्ट देख्न सकिन्छ, जहाँ चिनियाँ राज्यसत्ता पश्चिमाहरूले गरेको एक शताब्दी लामो अपमानको आपूmलाई बदला लिने शक्तिका रूपमा प्रस्तुत गर्छ ।

सन् १९१४ भन्दा अघिको शताब्दीको इतिहासले विश्वव्यापी नश्लीय क्रमहरू देखाउँछन् । जसमा ‘असभ्य’हरूको नास गर्नु, आतङ्कित गर्नु, थुन्नु, बहिष्कार वा छुट्ट्याएर उग्र बनाउनु पूर्णतया प्राकृतिक वा जायज थियो । अझै बढेर भन्ने हो भने अहिले स्थापित व्यवस्था त्रूmर यहुदीहरूको नरसंहार (हलोकास्ट) निम्त्याउने पहिलो विश्वयुद्धको व्यवस्थासँग मेल खानु कुनै संयोग होइन । बरु अहिलेको उग्र, कानुनविहीनता र अङ्कुशविहीन बेलगामी साम्राज्यवादी हिंसाको कारण पुरानै युद्धकै कारण पुनरावृत्ति हो ।

हालैका केही युद्ध स्मृति समारोहहरूमा पहिलो विश्वयुद्धका गैर–युरोपेली सेना र रणभूमिहरूले ठाउँ पाउन थालेका छन् । समष्टिगत रूपमा करिब चालिस लाखभन्दा बढी गैरस्वेत सेनाहरू युरोपेली र अमेरिकी सेनाहरूमा खटाइएको थियो र लडाइँ विकट युरोप अर्थात सर्बियादेखि पूर्वी एसिया, उप–साहरा अफ्रिका र प्रशान्त महासागरका टापुहरूमा पनि भएका थिए । मेसोपोटामिया (हालको इराकको ठूलो हिस्सा)मा कब्जा हँुदा एलाइज समूह (पहिलो विश्वयुद्ध ताकाको बेलायत, फ्रान्स, इटाली र अमेरिकाको युद्धको गठजोड)मा भारतीय सेनाहरू बहुमत थिए । मेसोपोटामियामा होस् वा प्यालेस्टाइन यी क्षेत्रहरूमा बेलायतले कब्जा जमाउन सफल हुनुमा भारतीय सेना प्रयोग नहुँदो हो त सम्भव हुनेथिएन । सिख सेनाहरूले चीनमा रहेको जापानी उपनिवेशबाट जर्मनहरूलाई निकाल्न सहयोग गरेका थिए ।

अध्येता र विद्वानहरू अहिले पहिलो विश्वयुद्धका बेला ठेक्कामा ल्याइएका करिब एक लाख चालिस हजार सङ्ख्यामा रहेका चिनियाँ र भियातनामी मजदुरहरूका बारेमा चासो राख्न थालेका छन्, जसलाई पूर्वाधार निर्माण गर्न र सुरुङ खन्न प्रयोग गरिएको थियो । हामीलाई स्पष्ट जानकारी छ युरोपी युद्धले अधिक उपनिवेश विरोधी अभियन्ता र आन्दोलन जन्मायो, उदाहरणका लागि झौ इन्लाई, जोपछि आधुनिक चीनका प्रिमियर बने, भियातनामी नेता हो ची मिन्ह । दास जन्य तरिकाले छुट्ट्याएर गरिने एकदमै क्रुर व्यवाहार अधिकांश एसियाली र अफ्रिकी मजदुरहरूको भाग्य थियो । युद्धलगत्तै फ्रान्स पुगेका देङ सियाओफिङले युद्धलाई यसरी सम्झिएका थिए– ‘चिनियाँ जनतालाई पुँजीपतिहरूले कुकुरहरूले अपमान’ गरेर पीडा दिएका थिए । अहिले पश्चिममा चलिरहेको स्वेत सर्वोच्चाताको लहरलाई बुझ्न हामीले इतिहासको गहिरोसँग अध्ययन गर्नैपर्ने देखिएको छ । १९औँ शताब्दीको त्यो इतिहास जसले गोरो हुनुलाई पहिचान र आत्मसम्मान मानक मानिएको थियो र साथ साथै सैन्य र कूटनीतिक गठबन्धन आधार मानिएको थियो ।

सन् १९१४ भन्दा अघिको शताब्दीको इतिहासले विश्वव्यापी नश्लीय क्रमहरू देखाउँछन् । जसमा ‘असभ्य’हरूको नास गर्नु, आतङ्कित गर्नु, थुन्नु, बहिष्कार वा छुट्ट्याएर उग्र बनाउनु पूर्णतया प्राकृतिक वा जायज थियो । अझै बढेर भन्ने हो भने अहिले स्थापित व्यवस्था त्रूmर यहुदीहरूको नरसंहार (हलोकास्ट) निम्त्याउने पहिलो विश्वयुद्धको व्यवस्थासँग मेल खानु कुनै संयोग होइन । बरु अहिलेको उग्र, कानुनविहीनता र अङ्कुशविहीन बेलगामी साम्राज्यवादी हिंसाको कारण पुरानै युद्धकै कारण पुनरावृत्ति हो ।

युरोपेली क्षेत्रमा रहेको अहिलेको अमन चैनको कारण एसिया, अफ्रिका र अमेरिकाका क्षेत्रहरूमा भएको असङ्ख्य युद्धहरू हुन्, अहिलेको नयाँ खोजी भएको इतिहासले पुष्टि गर्छ । यी उपनिवेशहरू जटिल रूपमा उदाए जहाँ नश्लीय नरसंहार, ठूलो जनसङ्ख्याको बलपूर्वक विस्थापन जस्ता भयावह रणनीति प्रयोग गरी २०औँ शताब्दीको युद्ध रचियो ।

जर्मन उपनिवेशका बारेमा अध्ययन गरिरहेका इतिहासकारहरूले ‘हलोकास्ट’भन्दा पहिलेको नरसंहार बारेमा खोतल्दा अफ्रिकी उपनिवेशहरूमा सन् १९०० को शताब्दीमा थुप्रै स–साना नरसंहार मच्चाएको पाएका छन् जहाँ लेबन्सरम (उपनिवेशकारी नीति) विचारलाई पनि परिपोषण गरिएको छ । जर्मनीले सभ्यता आधारभूत नियम तोडेर बर्बरताको नयाँ मानक बनाएको र विश्वलाई अत्यधिक बल प्रयोग गरी उग्र दुर्दशामा निचोड निकालिन्छ विशेषतः बेलायती–अमेरिकी शक्तिहरूबाट । जहाँ दुवै युरोपेली र अमेरिकीहरूमा गहिरो रूपमा साम्राज्यवादी अभ्यासहरू र नश्लीय व्यवहार चल्दै गएको थियो ।

यो सत्य हो पश्चिमी शक्तिहरूको मानसिकता डु बोइसको भाषामा ‘स्वेतपना’ चरम अवस्थामा एकाकार भएका हो, उनकै भाषामा भन्ने हो भने एकाकार हुने अवस्था भनेको ‘यो विश्वको स्वामित्व सदा सदाका लागि’ । उदाहरणका लागि दक्षिण (पश्चिमी अफ्रिकामा भएको जर्मनीको उपनिवेश, जसलाई जनसङ्ख्या वृद्धिको समस्या समाधान गर्न भनी गरिएको थियो । यो कामका लागि बेलायतले पनि सहयोग गरेको थियो र अर्को सत्य चीनलाई १९औँ शताब्दी अन्त्यतिर पश्चिमा शक्तिहरूले सौहार्दपूर्ण तरिकाले खर्बुजाका चिरा बनाएझँै बाँडेर खाएकै हुन् ।

लुटका मालका रूपमा रहेका अफ्रिकी र एसियाका क्षेत्रहरूमा पश्चिमा शक्तिहरूबीच तनाव हुँदा पनि ती समस्याहरूलाई सहजरूपमा सल्ट्याइन्थ्यो, चाहे त्यो अफ्रिकी वा एसियालीहरूको जीवनको मूल्यमा नै किन नहोस् ।

साम्राज्यवादी शक्तिहरू एक ठाउँमा आउनुका कारण, १९औँ शताब्दीको अन्त्यतिर उपनिवेशहरूलाई आर्थिक–सामाजिक दबाबहरूको निदान गर्ने एक अचुक माध्यम बनाइएको थियो । उदाहरणका लागि सन् १८९५ मा पूर्वी लन्डनमा एक जना आक्रोषित बेरोजगार युवालाई सम्बोधन गर्ने क्रममा सुसिल रोड्सले (बेलायती राजनीतिज्ञ, व्यापारी, जो केप कोलोनी दक्षिण अफ्रिकाकामा रहेको उपनिवेशको प्रधानमन्त्री भएका थिए) साम्राज्यवादी नीतिलाई स्पष्टरूपमा जायज ठहर्याएका थिए । उनका अनुसार ‘साम्राज्यवाद सबै सामाजिक समस्याको समाधान हो अर्थात, संयुक्त अधिराज्यका ४ करोड बासिन्दालाई खुनी गृहयुद्धबाट बचाउन हामी निवेशकहरूले नयाँ ठाउँहरूमा शासन जमाउनु पर्छ ताकि हाम्रो भएको अधिक जनसङ्ख्यालाई ती ठाउँहरूमा बसाउन सकियोस र ती ठाउँहरूलाई हाम्रा फ्याक्ट्रीहरू र खानीका मालसामान, कच्चा पदार्थको बजार बनाउन सकियोस् । रोड्सका दृष्टिकोणमा ‘यदि मुलुकलाई गृहयुद्धबाट बचाउने हो हो भने हामीले साम्राज्यवादी बन्नैपर्छ ।’

रोड्सको अफ्रिकी सुनखानीको आशक्तिले दोस्रो बोर युद्ध गरायो । जहाँ बेलायतले अफ्रिकी महिला र बालबालिकाहरूलाई जबरजस्ती काममा लगाए, बोलीचालीको भाषामा रहेको ‘कन्सन्ट्रेसन् क्याम्प’को सुरुवात त्यहीबाट सुरु भयो । सन् १९०२ मा युद्धको अन्त्य हुँदा यो सिलसिला ‘इतिहासको सामान्य स्थान’ मात्रै बन्यो । जे.ए. हब्सनले लेखेका थिए ‘मुलुकमा बढिरहेको हिंसा र अत्याचारविरुद्ध रोषलाई विषयान्तर गर्न र जनतालाई गुमराहमा राखिराख्न सरकारले राष्ट्रिय दुस्मनी, विदेशी युद्ध र साम्राज्य निर्माणको आकर्षक सपना हरू प्रयोग गर्यो ।’

यसै साम्राज्यवादी शक्तिको उदयसँग ‘उन्मात्त संवेदनशीलता र अशिष्ट अभिमानको तस्बिर’का रूपमा देखापर्दै गयो, जसले शासकवर्गले ‘साम्राज्य फैलाउने सकेसम्म कोसिस गरे, एरेंदेतले लेखेका थिए । ट्याब्लोइड प्रेसहरूले ‘विदेशी भूमिहरूमा लुट मच्चाउने र विदेशीहरूको सफाया गर्न निम्ति मुलुकलाई सङ्गठित’ गर्ने काममा प्रोत्साहन गर्यो, एरेंद्तले थप लेखेकी थिइन् । सन् १८९६ मा स्थापि ‘दि डेली मेल’ले आफ्नो स्थापनाकालदेखि बेलायती, गोरो र ‘जङ्गली आदिवासी’भन्दा उच्च हुनुको भद्दा गर्वलाई उचाल्यो, जसरी अहिले उचाल्दै आएको छ ।
प्रथम विश्वयुद्धका अन्त्यमा जर्मनीबाट जर्मनीका उपनिवेशहरू खोसिए र लडाइँ जित्ने साम्राज्यवादी शक्तिहरूले बिना कुनै विरोधाभाष जर्मनीलाई अफ्रिकी आदीवासीमाथि दमन र दुव्र्यवहार गरेको आरोप लगाए । आफ्नो जोरदार नश्लीय साम्राज्यवाद जोगाउनका निम्ति यसै तर्कलाई लिएर ‘सही नियतका’ साम्राज्यवादी शक्ति बेलायत र अमेरिकालाई जर्मन, फ्रेन्च, डच र बेल्जियन साम्राज्यवादी शक्तिबीच आग्रह राखिन्छ । जोसेफ कोर्नाडको पुस्तक ‘हार्ट अफ डार्कनेस’ (१८९९) को चरित्र मार्लो भन्छन्– ‘युरोप जम्मैको योगदान छ– ‘कुजर्Þलाई बनाउनुमा’ । परिवर्तित समयमा ती चरित्र भन्थे होला– ‘युरोप जम्मैको योगदान छ– ‘असभ्य’को संहार गर्नमा’ ।

सन् १९२० मा अफ्रिकामाथि अत्याचार र अपराध गरेको भन्दै जर्मनीको निन्दा भत्र्सना गर्ने बेलायतले आफैले इराकमाथि शृङ्खलाबद्ध हवाई बम आक्रमणको नीति लिएको थियो, जसको आधुनिक स्वरूप अघिल्लो दशकदेखि दक्षिण र पश्चिमी एसियामा भइरहेको बमबारी र ड्रोन आक्रमण रहिआएको छ । ‘अरब र कुर्दहरूलाई असली बमबारीका बारेमा राम्रोसँग जानकारी छ’ भनेर सन् १९२४ मा शाही वायु सेनाका एक अधिकारी अर्थर ‘बम्बर’ ह्यारिसले आफ्नो प्रतिवेदनमा लेखेका थिए । उनी थप्छन्– ‘उनीहरूलाई थाह छ ४५ मिनेटमा पूरै गाउँ सखाप हुन्छ र एक तिहाई बासिन्दा कि मारिन्छन् कि घाइते हुन्छन्’ । ह्यारिस तिनै अधिकारी हुन्, जसले दोस्रो युद्धमा ह्यामबर्ग र ड्रेस्डेनमाथि गोलाबारी र तोपका आक्रमण गरेका थिए र तिनले इराकमा गरेको युद्ध अभ्यासबाट प्रभावित भएर सन् १९३० जर्मनीले ‘डेर टोटाल क्रेइग’ (पूरा युद्ध) नीति बनाए ।

युरोपेलीहरू आफ्ना मुलुकहरूका सुदूर उपनिवेशहरूका जानकार थिएनन् भनेर प्रायः भन्ने गरिन्छ र रोड्स, किप्लिङ र लर्ड कुजर्Þन जस्ता केही अडिग साम्राज्यवादीहरूले तिनीहरूका बारेमा पर्याप्त हेरचाह गरेका थिए । यसले युरोपमा नश्लवाद एक सानो समस्या थियो र युद्ध पश्चातको अर्थात सन् १९४५ को समयपछि नश्लवाद समस्याको रूपमा भड्केको भन्ने बुझिन्छ । तर उन्मादी अन्धराष्ट्रवादले निम्त्याएको सन् १९१४को रक्तरङ्जित युद्धले लडाकु साम्राज्यवादी वर्चस्वता, नश्लीय सर्वोच्चताको अभिव्यक्ति स्पष्ट झल्काउँछ, जसले पछि राष्ट्रिय र व्यक्तिगत आत्मसम्मानलाई बढावा दियो ।

वास्तवमा इटाली सन् १९१५मा साम्राज्य उन्मादका कारण बेलायती र फ्रान्सेली कित्तामा जोडिन पुग्यो अर्थात् ‘एलाइड फोर्स’ यद्यपि साम्राज्यवादी उद्देश्य पूरा नहुँदा फासीवादी बाटोमा लाग्यो । इटालीका लेखक, पत्रकार, व्यापारी, राजनीतिज्ञहरूको साम्राज्यवादी शक्ति र प्रतिष्ठाप्रति आशक्ति १९औँ शताब्दीदेखि थियो । इटालीले अफ्रिकामा आफ्नो अधिपत्य जमाउन बडो उत्साहसाथ सङ्घर्ष गरेको थिए तर सन् १८९६ मा लज्जास्पद हार व्यहोर्यो । (पछि मुसोलिनीले सन् १९३५ मा बदलास्वरूप कैयौँ इथियोपियालीलाई विषाक्त ग्यासबाट हत्या गरे) । सन् १९११ मा इटालीले लिबियालाई ओटोमन साम्राज्यबाट छुट्टयाउने मौका पायो । थुप्रै असफलतापछि अन्ततः आक्रमण सफल भयो । जसलाई दुवै मुलुक बेलायत र फ्रान्सले स्वीकृति जनाएका थिए, जितलाई निकै तामझाम र पतीतताका साथ उत्सव मनाइएको थियो । इटाली त्रूmरताका समाचार छाए, यो युद्धमा पहिलो पटक हवाई बमबारी भएको थियो । त्यसले एसिया र अफ्रिकाका मुसलमानलाई उग्रपन्थी बनाएको थियो । तर इटाली सर्वसाधारण यी साम्राज्यवादी खेलबाट खुसी थिएनन् ।

सन् १९१४ देखि १९१८ हत्याको शृङ्खलाका जिम्मेवार मुख्यरूपमा जर्मन सैन्यवादलाई मानिन्छ तर यो हत्या शृङ्खलाको पृष्ठिभूमि बुझ सन् १८८० तिर जाने हो भने सैन्यवाद फिका लाग्दछन्, किनभने थुप्रै जर्मन राजनीतिज्ञ, व्यापारी र बौद्धिक र प्यान जर्मन लिग जस्ता लबी समूह (यो समूहमा छोटो समयका म्याक्स वेबर पनि संलग्न पनि थिए) बेलायत र फ्रान्स जस्तो साम्राज्यवादी बन्न उक्साएका र प्रोत्साहन गरेका थिए ।

अझ अघि बढेर भन्ने हो भने सन् १८७१ देखि १९१४ सम्म जर्मनीको सेनाको सैन्य गतिविधि युरोप बाहिर सञ्चालित थियो । यी क्रुर सैन्य कारवाहीहरू अफ्रिकी उपनिवेशहरूमा गरिएका थिए र सन् १९०० मा मध्य चीनमा चिनियाँ युवाद्वारा पश्चिमा वर्चश्वविरुद्ध गरेको विद्रोहमा, सात मुलुकहरूसँग मिलेर उपनिवेश जमाउने महत्वाकाङ्क्षी हमला गरेको थियो ।

एसियामा जर्मन फौज पठाउँदा, केजर (तत्कालिन जर्मन सम्राट) आफ्नो उद्देश्य नश्लीय भावनाबाट प्रेरित भएको प्रतीत गराएका थिए, उनले यसो भनेका थिए– ‘कसैलाई माफी नदिनु र न कसैलाई गिरफ्तार गर्नु’ उनले आफ्ना फौजलाई ‘कोही पनि चिनियाँहरू जर्मनसँग आँखा जुधाउने साहस नगरोस्’ भन्ने कुरामा आश्वस्त गर्न उर्दी जारे गरेका थिए । जर्मनहरू एसिया परिवेश गरेपछि ‘पीत विपत्ति’ (१८८० ताका प्रयोगमा आएका शब्द) केही हदसम्म दबाइएको थियो । सन् १९०० अक्टुबरदेखि सन् १९०१ वसन्तसम्म जर्मनीले चीनका ग्रामीण इलाकामा दर्जनौँ आक्रमण गरेका थिए, यी आक्रमण अझै पनि क्रूरताका लागि कुख्यात छन् ।
चीन पठाइएको जर्मन फौजमा लेफ्टिनेन्ट जेनरल लोथार भोन ट्रोथा थिए । जसको पहिचान अफ्रिकाका आदिवासीका हत्या र तिनका गाउँमा जलाउनुले बनाएको थियो । आफ्नो नीतिलाई ‘आतङ्कवाद’ नाम दिएका ट्रोथाले, उनका अनुसार यो नीतिले ‘मात्रले सहयोग गर्छ’ आदिवासीलाई आफ्नो वशमा ल्याउन । चीनमा ट्रोथाले मिङ्गका समाधीहरूलाई भत्काएका थिए र थोरे हत्या शृङ्खला चलाएका थिए, यी गतिविधिभन्दा सन् १९०४ मा जर्मन प्रशासित दक्षिण पश्चिम अफ्रिकामा (हालको नामिबिया) भएको उपनिवेश विरोधी विद्रोह दबाउनमा उनी कुख्यात छन् ।

त्यस वर्षको अक्टुबरमा ट्रोथाले सैन्यरूपमा हारेका हेरेरो समुदायलाई डाकेका थिए, जसमा महिला र बालबालिका पनि थिए, तिनलाई गोली हान्ने आदेश दिएका थिए र बाँच्न सफल भएकालाई ओमाहेके मरभूमिमा मर्नलाई छाडिदिनु भन्ने आदेश थिए । करिब ८०००० जनसङ्ख्या भएको हेरेरो समुदायमा करिब ६००००–७०००० व्यक्तिहरूको हत्या गरिएको थियो र कैयौँ मरुभूमि भोकै मरे । सन् १९०८ मा दक्षिण पश्चिम अफ्रिकामा भएको विद्रोहमा करिब नामा जातिको आधा जनसङ्ख्याको हत्या गरिएको थियो ।

यी यस्ता नरसंहार भएका थिए युरोपेली शान्तिका अन्तिम वर्षहरूमा (सन् १९१४ भन्दा पहिलेको समय) । अहिलेको कङ्गो जो सन् १८९८ देखि १९०८ सम्म बेल्जियमका तत्कालीन राजाको व्यक्तिगतको मौजाका रूपमा थियो । जसले कङ्गो जनसङ्ख्यालाई आधामा झारेका थिए । करिब ८० लाख अफ्रिकी जनताको हत्या भएको थियो । सन् १८९८ देखि १९०२ बेला फिलिपिन्समा अमेरिकी विजय हँुदा करिब २ लाख व्यक्तिको हत्या भएको थियो, जसलाई किप्लिङले स्वेतः व्यक्तिका बोझ भनेका थिए । फिलिपिन्समा भएको हत्यासङ्ख्या कम भन्न सकिन्छ, किनभने ३० बाट २६ अमेरिकी जनरल आफ्नै मुलुककै आदिवासीहरूको कत्लेआममा व्यस्त थिए । एक जना ब्रिगेडियर जनरलले जेकोब एच. स्मिथले आफ्नो सैन्य टुकडीलाई आदेश दिएका ‘मलाई कैदी चाहिन्न । तिमीहरू जति मार्छौ, जति जलाउँछौ, त्यति म खुसी हुनेछु । सेनेटमा फिलिपिन्समा भएका अत्याचारको सुनुवाइ हँुदा जेनेरल अर्थर मेकर्थर (डग्लसका पिता)ले आपूm ‘शानदार आर्य’ भएको र ‘नश्लको एकताका लागि’ आपूm बाध्य भएको जनाएका थिए  ।

पङ्कज मिश्रा

(पङ्कज मिश्रा भारतीय लेखक, राजनीतिक टिप्पणीकार तथा बेलायतबाट निस्किने पत्रिका ‘द गार्जियन’का स्तम्भकार हुन् ।)