राष्ट्र हितमा समर्पित

विराटनगर जुट मिल पुनः सञ्चालनमा

सोमवार, ११ मंसिर 3:52 PM

विगत २ बर्ष यता बन्द रहेको विराटनगर जुट मिल्स पुन: सञ्चालनमा ल्याइएको छ ।
नयाँ व्यवस्थापनले २०७२ साल भदौदेखि बन्द रहेको जुट मिल आइतबारदेखि सञ्चालनमा ल्याइएको हो ।

सुरूका दिनमा दैनिक ५ टन जुटका सामग्री उत्पादन गर्ने गरि मिल्स सञ्चालनमा ल्याइएको र पुस १ गतेबाट क्षमता वृद्धि गरि दैनिक २० टनसम्मको उत्पादन गर्ने लक्ष्य रहेको प्रबन्ध निर्देशक निलहरि काफ्लेले जानकारी दिए।
सुरुमा मिल्सबाट सुतली र बोराको उत्पादन सुरू गरिएको छ । नयाँ व्यवस्थापनमा रहेका सदस्यहरूको २ करोड रुपैयाँ लगानीमा उत्पादन सुरू गरिएका छन् ।
हाल नेपाल सरकारको ३३ प्रतीशत र नीजी क्षेत्रको ६७ शेयर लगानी रहेको छ ।