राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपाका नवराज सिंखडाको ४२ वर्षे राजनितिक जिवन

सोमवार, ११ मंसिर २०७४ १८:५८

काठमाण्डौं जिल्लाको डाँछी गा.वि.समा जन्मिएका नवराज सिंखडा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सदस्यका संस्थापक सदस्य हुन् । उनले आफ्नो राजनितिक जिवन राप्रपाको संस्थापना हुनु पूर्व नै सुरु गरिसकेका थिए । पञ्चायतको राजनितिबाट उनले राजनितिक यात्राको थालनी गरेका हुन् । उनी वि.सं २०३२ सालमा डाँछी गाऊँ पञ्चायतको वडा नं. ६ को सदस्य थिए । डाँछी गा.वि.समा उनी विभिन्न संघ संस्थामा संलग्न भई समाजिक गतिविधिमा क्रियाशिल रहेका थिए । वि.सं. २०४० मा कान्ति भैरब मा.वि.को संचालक समिति सदस्य भई त्यस विद्यालयको भवन निर्माण समितिको अध्यक्ष तथा संचालक समितिका अध्यक्ष समेत भएका थिए । विद्यालयको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सिंखडा त्यस क्षेत्रका एक सच्चा र ईमान्दार समाजसेवी पनि हुँन् । समाज विकासका गतिविधिमा आफूलाई सक्रिय गराएको तथा जनताले रुचाएको कारण उनी २०४३ मा तत्कालीन डाँछी गाऊँ पञ्चायत वडा नं. ५ को वडा अध्यक्ष समेत भएका थिए ।
उनले विभिन्न वर्गीय संगठन मार्फत पनि जनताको हक हितका लागि संघर्ष गरेका थिए । यसै क्रममा २०४४ सालमा नेपाल मजदुर संगठनको जिल्ला सभापति पनि भएका थिए भने जिल्ला पञ्चायतको पदेन सदस्य समेत हुन पुगे ।
विं.सं. २०४४ मा पुनः डाछी गा.वि.सका वडा अध्यक्ष समेत भई गाऊँको विकासमा महत्वपूर्ण भूमिका समेत खेल, सिंखडा त्यहिँ साल तत्कालीन काठमाण्डौं जिल्ला विकास समितिको उप सभापतिको प्रत्यसी भई थोरै मतले मात्र पराजित भएका थिए । यसै गरी वि.सं. २०५४ मा उनी फेरी आफ्नो वडाको अध्यक्ष भए । त्यस्तै संखडा वि.सं. २०४० सालमा चौलनारायण प्रा.विको संस्थापक अध्यक्ष समेत भए । वि.सं. २०६० मा गुठी संस्थानका अध्यक्ष समेत भए भई भूमि सम्बन्धि जनहितमा निर्णयहरु समेत गरेका थिए ।
उनी वि.सं. २०५१ को मध्याबधी निर्वाचनमा क्षेत्र नं. १ को प्रत्यासी पनि हुन भने २०७० मा संविधानसभा सदस्यको प्रत्यासी थिए । वि.सं. २०७० मा आफूले हारेता पनि राप्रपालाई समानुपातिक तर्फ जिताउनु सफल भएका थिए । काठमाण्डौं जिल्लामा राप्रपा समानुपातिक तर्फ प्रथम हुनुमा उनको महत्वपूर्ण योगदान रहेको थियो । यस निर्वाचनमा सिंखडा राप्रपाको प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार हुन् । हाल राप्रपा काठमाण्डौं जिल्ला अध्यक्ष समेत रहेका नवराज सिंखडा लोकतान्त्रिक गठबन्धनलाई जिताउन सक्रिय छन् ।

थप जानकारी