राष्ट्र हितमा समर्पित

कांग्रेस उम्मेदवारको घरमा बम बिस्फोट

मङ्गलवार, १२ मंसिर 9:46 AM

उदयपुर : उदयपुर क्षेत्र नम्बर १ ख प्रदेशसभाका उम्मेदवार हिमाल कार्कीको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ। त्रियुगा नगरपालिका– ७ भन्टाबारीस्थित कार्कीको घरमा मंगलबार बिहान ३ बजेर २० मिनेट जाँदा बम विस्फोट भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। बमको छर्राले घरसँगै गोठमा बाँधिएका गाईभैँसीलाई लागेको छ। विस्फोट गराउनेको पहिचान खुल्न नसकेको एसपी भट्टले जानकारी दिए। घटनास्थलमा प्रेसर कुकरको चोइटा भेटिएकाले प्रेसर कुकर बम हुन सक्ने भट्टको आशंका छ। परिवारका सदस्यहरु सकुशल रहेको र गाईभैँसीलाई चोट लागेको उम्मेदवार कार्कीले बताए। विस्फोटको समय उनका बुबाआमा घरमै थिए।