राष्ट्र हितमा समर्पित

दोलखामा पुनः निर्वाचन गर्न माग

मङ्गलवार, १२ मंसिर 12:02 PM

बाम गठबन्धनले सुरक्षा प्रशासनलाई प्रभावमा पारेर फर्जी मत हालेको भन्दै नेपाली कांग्रेसले पुनःमतदान गर्न माग गरेको छ। कांग्रेसले मुख्य निर्वाचन कार्यालय दोलखामा पुनःमतदानको माग गर्दै सोमबार उजुरी पत्र बुझाएको छ । दोलखाका सभापति तथा प्रतिनिधि सभा तथा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका रुद्रबहादुर खड्का र प्रदेश सभा अन्तरर्गत क्षेत्र नम्वर १ उम्मेदवार बर्मा लामाले सोमबार संयुक्त उजुरी पेश गर्दै पुनः मतदानको माग गरेका हुन । उनीहरुले गौरीशंकर गाउँपालिकाको वडा नम्बर ५ स्थित वडा कार्यालय भवनमा रहेको क ,ख, र ग मतदान केन्द्र, गौरीशंकर गाउँपालिका वडा नम्वर १ स्थित यार्सा प्राविको क र ख मतदान केन्द्र र गौरीशंकर गाउँपालिका वडा नम्वर २ स्थित सेतीदेवि प्रावि छापडाको क र ख मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरेका छन्।
वामगठबन्धनका उम्मेदवारहरुले आफ्नै गाउँपालिका तथा वडाहरुमा उम्मेदवार तथा कार्यकर्ताहरुले कांग्रेसका एजेन्ट तथा कार्यकर्ताहरुलाई कुटपिट गरी लखेटेर एकलौटी रुपमा भोट हालेको आरोप लगाएका छन्। यस्तै वामगठबन्धनका कार्यकर्ताले विदेशमा रहेका मतदाता र मरिसकेकाहरुको नाममा समेत भोट हालेको कांग्रेसको आराप छ।