राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

हुम्लामा तारा एयरको विमान दुर्घटना

मङ्गलवार, १२ मंसिर २०७४ १२:३४

हुम्लाको सिमिकोट विमानस्थलको धावनमार्गमा मंगलबार विहान ९ बजेर ३५ मिनेट जाँदा तारा एयरको विमान दुर्घटना भएको छ । दुर्घटनामा दुई जना चालक र एक जना प्रहरी घाइते भएका छन् । घाइते हुने चालकमा क्याप्टेन बसन्त लामा र अनुप गुरुङ रहेका छन् । अर्का घाइते प्रहरी रहेको  र उनको आँखामाथि ठूलो चोट लागेको छ । ९ एनएबीएम ब्राबो सानो जहाज सिमीकोटबाट सुर्खेत उडेलगत्तै टायर पञ्चर भई रनवेभन्दा तल विद्युत खम्बामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाका कारण सो विमानको अगाडिको भाग, टायर र पंखा क्षतविक्षत भएको छ । विमानमा दुई क्याप्टेन सहित १३ जना प्रहरी र एक जना एयर होस्टेज थिए ।

थप जानकारी