राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

निषेधित क्षेत्रमा बाम गठबन्धनको चुनावी सभा

मङ्गलवार, १२ मंसिर २०७४ १५:०१

बाम गठबन्धनले राजधानीको मुख्य, व्यवस्था तथा अति संवेदनशील क्षेत्र मानिने वानेश्वर चोकमा चुनावी सभा गर्न सडक नै कब्जा गरेपछी व्यापक विरोध भएको छ ।
प्रदेश सभा  र प्रतिनिधि सभा चुनावको दोस्रो चरणको चुनावलाई लक्षित गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र (वाम गठबन्धन)का कार्यकर्ताले काठमाडौंको बानेश्वर चोक कब्जा गरेकाले त्यस क्षेत्रमा सवारी आवागमन ठप्प भएको छ । चुनावी सभाका लागि भन्दै गठबन्धनका कार्यकर्ताले बानेश्वरचोकबाट उत्तरतिर जाने बाटोमा मोटरसाइकल समेत चल्न नदिएपछि थापा गाउँ तथा पुरानो बानेश्वर जानेलाई समस्या भएको हो।
बानेश्वर चोकमा नै सभा भइरहेकाले तिनकुने र बबरमहलसम्मकै सडकमा गाडी जाम भएको छ । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादललगायतले संबोधन गर्ने छन। अति व्यस्त काठमाडौंको नयाँबानेश्वरमा यसरी चुनाब प्रचार प्रसार गर्न लाग्दा समाजिक संजालमा समेत व्यापक विरोध भएको छ । नागरिक अधिकारलाई कुन्ठित गर्ने गरि गर्न लागेकोमा विरोध भएको हो । संसद क्षेत्र वरिपरी सरकारले सभा समारोहलाई पूर्ण रुपले निषेध गरेको भएपनि बाम गठबन्धनले अवज्ञा गरिदिएको छ ।

थप जानकारी