राष्ट्र हितमा समर्पित

चीनको फेसन सोमा नेपाली राजदूत । हेर्नू होस् भिडियो ।

बुधवार, १३ मंसिर 7:21 AM

बेइजिङस्थित सिल्क मार्केटको पाँचौँ तलामा नोभेम्बर २६ तारिख आइतबार अपरान्ह आयोजित ‘सातौँ वुचौ कप कुटनीतिक राष्ट्रिय पोशाक प्रतियोगिता’मा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलको नेतृत्वमा नेपाली कुटनीतिक टोलीले नेपाली पोशाक प्रदर्शनी गर्‍यो। पृष्ठभूमिमा रेशम फिरिरीको संगीत र स्क्रिनमा नेपाली पर्यटन झल्किने दृश्यका साथमा नेपाली समूहले परम्परागत नेपाली पोशाकका साथै नेवारी, तामाङ, शेर्पा, मगर, गुरुङ लगायतका जातीय पोशाकमा आकर्षक प्रस्तुति गरे। अरब मुलुक, बेलारुस, ब्रुनाइ, कोलम्बिया, डेनमार्क, इन्डोनेसिया, कोरिया, मंगोलिया, नेपाल, पाकिस्तान, पेरु, रुमेनिया, रुस, श्रीलंका, भेनेजुएला, भियतनाम र चीन गरी १७ मुलुकबीचमा भएको प्रतियोगितामा नेपालले ‘बेष्ट अर्गनाइजर’ र ‘बेस्ट क्रिएटिभिटी’ गरी दुईवटा अवार्ड प्राप्त गरेको छ । समग्र प्रतियोगितामा पेरु प्रथम भयो भने बेलारुस दोस्रो र रुस तेस्रो भए ।

सिराआई नेपाली सेवा अन्लाईनबाट