राष्ट्र हितमा समर्पित

घाइते म्यादी प्रहरीको मृत्यु

बुधवार, १३ मंसिर 8:48 AM

दाङको तुलसीपुरमा अज्ञात समुहको बम विष्फोटबाट मंगलबार घाइते भएका म्यादी प्रहरी विनोद चेोधरीको मृत्यु भएको छ । मंगलबार अपरान्ह भएको बम बिस्फोटमा परी घाइते भएका चेोधरीको उपचारका क्रममा बुधबार बिहान २:३० बजे कोहलपुर मेडिकल कलेजमा ज्यान गएको दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिँहले जानकारी दिए । बम बिस्फोटबाट घाइते भएका मध्ये तीनजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी पाँचजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दाङको तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कांग्रेसको चुनावी आमसभालाई लक्षित गर्दै अज्ञात समूहले बम विस्फोट गराउँदा नौजना घाइते भएका थिए । आमसभास्थलको झन्डै पाँच सय मिटरको दूरीमा रहेको तुलसी बोर्डिङनजिकै बम विस्फोट भएको थियो । मोटरसाइकलमा आएका दुईजनाको समूह बम फालेर भागेको थियो । प्रहरीले बम विस्फोट गराउने व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।