राष्ट्र हितमा समर्पित

बम विस्फोटमा परि कांग्रेस उम्मेदवारी घाईते ।

बुधवार, १३ मंसिर 12:40 PM

उदयपुर । उदयपुरमा अज्ञात समूहले गराएको बकम विस्फोटमा परि कांग्रेसका उम्मेदवार घाईते भएका छन् । नेपाली काँग्रेसका उम्मेद्वार नायारण कार्कीलाई लक्षित गरि प्रहार गरिएको बम बिस्फोट हुँदा कार्की सहित ७ जना घाईते भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभालाई लक्षित गरि उदयपुरको कटारीबाट नेपालटारमा आयोजित चुनावी सभा गरिएको थियो ।

चुनावीसभालाई सम्बोधन गर्न भनि कार्की त्यस तर्फ जादै गर्दा अज्ञात समूहले दनुवारवेसी भन्ने ठाऊँमा राखेको माईन विस्फोट हुँदा उनी लगायत गाडीमा सवार सबै घइते भएका छन् ।

विस्फोटमा परेर कार्की वेहोस भएका छन् भने काँग्रेस कार्यकर्ता मीरा कटुवालको दुई वटै खुट्टा नरहेको प्रहरीले बताएको छ । दोषीको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।