राष्ट्र हितमा समर्पित

कमल थापाको प्रस्तावमा पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय

बिहिवार, १४ मंसिर 7:48 PM

उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाको प्रस्तावमा आज बसेको मन्त्री परिषद बैंककले आगामी पुष २७ गते पृथ्वी जयन्तीको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नेपालमा गणतन्त्र आए पश्चात राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीमा दिदै आएको विदा हटाईएको थियो । राप्रपाले पुष २७ गते विदा दिन संसद र सडकमा समेत आवाज उठाउदै आएको थियो । राप्रपा  पटक पटक सरकार हुँदा पुष २७ गते विदा दिनु पर्ने प्रस्ताव मन्त्री परिषदमा राख्दा पनि सफल नभएकोमा यस पटक भने सफल भएको छ । आज बसेको मन्त्री परिषद बैंकक महम्मदको जन्म जयन्तीको उपलक्ष्यमा मंसिर १५ गते र पुष १० गते क्रीसमस डे मा समेत सार्वजनिक विदा दिने निर्णय गरेको छ ।