राष्ट्र हितमा समर्पित

उम्मेदवारको शैक्षिकस्तरलाई मुल्यांकन गर्दैै ८ ख का मतदाता

शुक्रवार, १५ मंसिर 8:55 AM

थपियो चुनौती अष्टलक्ष्मी शाक्यलाई, प्रकाश रिमाललाई सहज बन्दै ।

विगतमा भन्दा यस पटकको निर्वाचनमा मतदाताहरुको चेतनामा निकै वृद्धि भएको देखिन्छ । आफ्ना उम्मेदवारको सबै पक्षलाई मुल्यांकन गरी मात्र मतदान गर्नुपर्ने एक मतदाता बताउदछन् । उनी भन्छन्, ‘देश चलाउनेको शैक्षिकस्तर पनि हेर्नुपर्ने हुन्छ । अशिक्षित र क्षमता नभएकाहरुलाई यसपाली भोट दिइदैन् ।’ यो आवाज अन्त कतैको हैन्, काठमाण्डौं क्षेत्र नंं ८ ख का एक मतदाताको हो ।
दोस्रो चरणको निर्वाचन नजिकिदै जादाँ काठमाण्डौं क्षेत्र नम्बर ८ ख का उम्मेदवारहरु आफ्नो प्रचारप्रसारलाई तिव्रता दिँदै गईरहेका छन् । बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीचको प्रतिशपर्धात्मक यस निर्वाचन क्षेत्रको प्रदेश ख मा भने त्रिपक्षीय मैत्रीपूर्ण प्रतिशपर्धा हुने देखिन्छ ।
मतदाताको विचारलाई मुल्यांकन गर्ने हो भने एमालेका तर्फबाट उम्मेदवार बनेकी नेतृ अष्टलक्ष्मी शाक्यको यस निर्वाचनमा निकै कठिन अवस्था रहेको छ । उनको शैक्षिक योग्यताबारे अहिले मतदाताले सोध खोज गर्न थालेका छन् । उनको शिक्षाको स्तर केही खुलेको छैन उनको योग्यता एमालेको राजनिति मात्र देखिन्छ । एक मतदाताले उनले एस.एल.सी समेत पास नगरेको बताउदछन् । उनले आफ्नो शैक्षिक योग्यतालाई कहि कतै खुलाएकी छैनन् ।

कांग्रेसका उम्मेदवार देवरत्न डंगोलको पनि शैक्षिक स्तर खुलेको छैन् । उनको योग्यता र क्षमतामा पनि मतदाताहरुले प्रश्न गरेका छन् ।

तर राप्रपाका तर्फबाट उम्मेदवार बनेका प्रकाश रिमालको भने शैक्षिक स्तर खुलेको छ । उनले स्नाकोत्तर पास गरेका छन् । बी.एडमा स्नातक र ग्रामिण विकासमा स्नाकोत्तर गरेका प्रकाश रिमाल शिक्षित र योग्य उम्मेदवार भएको एक स्थानीय बताउदछन् । उनी भन्दछन् ‘एस.एल.सी पनि पास पनि नभएकाहरुबाट शासित हुनु प¥यो भने हाम्रो लागि दुर्भाग्य हुनेछ । विगतमा धेरै पटक उम्मेदवार छान्न गल्ती गरेकोले पछुताईसकेको छु । अब त शिक्षित र योग्य युवा उम्मेदवार प्रकाश रिमाललाई नै मतदान गर्छु ।’


रिमालले राजनितिमा प्रवेश गर्नु अघि स्थायी शिक्षक थिए ।
त्यस्तै एक स्थानीय व्यापार भन्छन्, शिक्षित र योग्य उम्मेदवारसँग विकासको भिजन हुन्छ, आर्थिक विकासमा समेत प्रदेशले तिव्रता लिन सक्दछ । तसर्थ शिक्षित र योग्य उम्मेदवारलाई नै मतदान गनुपर्छ ।’
। मतदान गर्नु पूर्व आफ्नो उम्मेदवारको शैक्षिक योग्यतालाई समेत मुल्यांकन गर्नु अत्यन्त सकारात्मक कुरा हो । मतदातामा आएको यस प्रकारको चेतनाको विकासले पक्कै सकारात्मक परिणाम ल्याउनेछ ।