राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

कालो दिन डिसेम्बर २

शनिवार, १६ मंसिर २०७४ ११:१४

नेपाल – अङ्ग्रेज युद्धको परिणामस्वरूप सन् १८१५ डिसेम्बर २ मा बेलायती पक्षबाट सुगौली सन्धिमा हस्ताक्षर गरी १५ दिनभित्रमा नेपाललाई हस्ताक्षर गर्न तत्कालीन इस्ट इन्डिया कम्पनीको युद्ध सञ्चालन केन्द्र सुगौलीबाट पठाएको सन्धिप्रस्ताव , जसमा नेपालले कुनै संशोधनबिना १८१६ मार्च ४ मा सही गरेको थियो । त्यसकारण यो असमान सन्धिमा हस्ताक्षर गरेको दिन नेपालको इतिहासमै कालो दिनको रूपमा रहेको छ ।
अाम निर्वाचनको सन्दर्भमा जारी अाफ्ना घोषणापत्रमा कुनै पनि राजनीतिक पार्टीले यस विषयमा अावाज नउठाएर राष्ट्रिय स्वाधीनताको धज्जी उडाएका छन् ।
अाजको दिन सबै नेपालीका निम्ति कालो दिन हो ।

अाजको दिन सुगौली सन्धिमा गुमेको हाम्रो भूभाग फिर्ता लिने प्रण सबै नेपालीले गरौँ ।

फणीन्द्र नेपालको फेसबुकबाट

थप जानकारी