राष्ट्र हितमा समर्पित

उद्योग राज्यमन्त्री रेशम लामालाई कार्वाही

शनिवार, १६ मंसिर 6:49 PM

दोस्रो चरणको चुनावको मुखमा राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग राज्यमन्त्री रेशमबहादुर लामाको पद खुस्किएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले लामालाई पार्टीबाट निष्कासन गर्दै राज्यमन्त्री पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् ।
उद्योग राज्यमन्त्री लामाले पार्टी हित र लोकतान्त्रिक गठबन्धन विपरित बाम गठबन्धनलाई सघाएको र एमालेमा प्रवेश गर्न लागेेेेका कारण अध्यक्ष राणाले लामालाई कारबाही गरेका हुन् ।

राणाले नेपालको संविधान २०७२ को धारा २९८ को उपधारा ९ बमोजिम उद्योग राज्यमन्त्रीको पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् ।