राष्ट्र हितमा समर्पित

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाउने ।

बुधवार, २० मंसिर 12:11 PM

काठमाडौं–निर्वाचन आयोगले बिहिबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न पाउने व्यवस्था गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
उनका अनुसार मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदान गर्न पाउने छन् ।
यसअघि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र पाएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा र मतदाता नामावलीमा नाम थप भई यही मङ्सिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र पाएका मतदाताले सोही मतदाता परिचयपत्रबाट मतदान गर्न पाउने ढकालले बताए ।