राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपाले बन्दुक पड्काएको छैन, न त कुनै एम्बेस्सीको हुन्डी नै खाएको छ: पुष्पराज पुरुष

मङ्गलवार, २६ मंसिर २०७४ १९:०७

राप्रपाले किन जित्नु ..?
१ ) पार्टीको लागि बन्दुक पढ्काउन आँउछ ?
– आँउदैन ।
२ ) पार्टी ठूलो बनाऊन मान्छे मारेको छ ?
– छैन्
३ ) जनतालाई झुक्काएको छ?
– छैन्
४ ) कुनै जनतालाई दु:ख दिएर तर्साएर हिडेकाे छ?
– छैन् ।
५ ) मल्टीनेसनल कम्पनि सँग चन्दा मागेको छत ?
-छैन्।
६ )कुनै एम्बेसीले डुण्डी खुवाऊँछ त ?
-यो पनि छैन् ?
७ )विदेशीको लागि दर्शन बोकेको हो त ?
-हैन् ।
८ ) धर्म छोडेको छ त ?
-छैन्।
९ )पार्टीले नेपालबन्द गरेको छ त ?
-त्यो त झन छैन्।
१० ) अनी के चै छ त ? ऐलेको राजनीतिमा हुनु पर्ने गुण र जित्न परो त ?
-य होस् उसो भए, मिटिङ् गरेर सोचौला।अब के गर्ने भनेर चै।ऐले सम्म त विचारको लडाँई गरीयो,जंगलमा लुकेर मान्छे मार्दै हिडनेलाई संसाद भवन आएर संसदिय राजनीति गर्छु भनेको देखेर सहियो।

देशमा चुनाव नचाहने लाई चुनावमा जान सिकाईयो,धर्म छाडा पार्टीलाई जनताले विस्तारै हराऊँछन् भनेर जनतामै विस्वास गरीयो। देशकाे शान्ति र समृद्धिका लागि विचार बाट बारम्बार लडाई गरीयो,३ कराेड जनताकाे खुसिकाे लागि संविधान लेख्ने काममा आलोचनात्मक फरक मत राखेर साथ दिईयो।धर्म परिवर्तन अपराध हो भनेर धर्म सापेक्ष सनातन हिन्दु राष्ट्रको लागि निरन्तर लागियो।राजसंस्थाको डुण्डि खाएकाले सत्तो सराप गरे पनि राजसंस्था व्यक्ति हैन विधिहो भनेर काँध नै हालीयो।संविधान नभएको मुलूक भन्दा भएकै राम्रो बरु बाँकि एजेण्डा संविधान अन्तर्गत नै स्थापित गरौला भनेर सबै चुनाव गराऊन पहल गरीयो। नाकाबन्दी विरुद्ध राष्ट्रिय अन्तराष्ट्रिय पहल गरीयो।तराईमा उठेको तेत्रो आन्दोलन साम्य पारीयो।तर १० वर्षमा तिन चोटी सरकारमा गएको जनतालाई मन परेन तर १० वर्षमा सबै भन्दा बढी सरकारमा हुने चै मन परो ठिकै छ। यसै गरी देश बन्छ र हुन्छ भने भोग्ने जनताले नै हो ।

पुष्पराज पुरुषको फेसबुकबाट,

पुष्पराज राप्रपाका केन्द्रिय सदस्य तथा धार्मिक संगठनका प्रमुख हुन । उहाँ विभिन्न धार्मिक संगठनका अभियानता तथा धार्मिक व्यक्तित्वका रुपमा परिचित छन् ।

थप जानकारी