राष्ट्र हितमा समर्पित

लाजिम्पाटबाट सरे प्रचण्ड खुम्लटार

शनिवार, १ पौष 9:39 AM

काठमाडौं- भर्खरै सम्‍पन्‍न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा चितवन ३बाट विजय भइ राजधानी फर्किए लगत्तै माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ७ वर्षदेखिको लाजिमपाट निवास एक्‍कासी छाडेका छन्।

पुत्र वियोगपछि लाजिम्पाटमा अत्‍यन्त असहज महसुस गर्दै आएकी प्रचण्ड पत्‍नी सीताको सुविधा र छोरी-ज्‍वाँइ, नातिनातिना ललितपुरमै रहेकाले त्‍यसतर्फ सरेको प्रचण्डको पारिवारिक स्रोतले बताएको छ।

ललितपुर वडा नम्बर १५ खुमलटारमा एक पारिवारिक मित्रको बंगला दाहाल परिवारको नयाँ निवास बनेको छ।

काठमाडौं फर्किएको भोलिपल्टै पहिलो चरणमा केही सामान खुमलटारमा सारि सकिएको र छिट्टै नै उतै स्थायी बसोबास गर्ने पारिवारिक स्रोतले बतायो।

करीब एक महिनाअघि पुत्र प्रकाश दाहालको लाजिम्‍पाट निवासमा असामयिक निधन भएको थियो।