राष्ट्र हितमा समर्पित

समानुपातिक तर्फ पनि एमाले प्रथम ।

शनिवार, १ पौष 9:54 AM

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ तर्फ पनि एमाले प्रथम छ ।

मत परिणाम अनुसार एमाले ३१ लाख २३ हजार ९५० मतका साथ पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसछ । काँग्रेसले ३० लाख ५९ हजार ५५४ मत प्राप्त गरेको छ भने तेस्रो पार्टी बनेको माओवादीले भने जम्मा १२ लाख ७३ हजार ३४३ मत प्राप्त गरेको छ ।
त्यसैगरी चौथो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी राजपा नेपालले चार लाख ४६ हजार ७८९, विवेकशील साझाले दुई लाख ११ हजार ४६४, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले एक लाख ९३ हजार ८६१, राप्रपा प्रजातान्त्रिकले ८७ हजार ४६९, नयाँ शक्ति पार्टी नेपालले ८० हजार ६८० र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।