राष्ट्र हितमा समर्पित

राप्रपा र राप्रपा प्रजातान्त्रिकले राष्ट्रिय दलको मान्यता नपाउने भएको छ ।

शनिवार, १ पौष 10:32 AM

काठमाडौँ : प्रतिनिधिसभा समानुपातिक तर्फ राप्रपा र राप्रपा प्रजातान्त्रिकले थ्रेसहोल्ड नकटाउदा राष्ट्रिय दलको मान्यता नपाउने भएको छ ।
मत परिणाम अनुसार एमाले ३१ लाख २३ हजार ९५० मतका साथ पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसछ । काँग्रेसले ३० लाख ५९ हजार ५५४ मत प्राप्त गरेको छ भने तेस्रो पार्टी बनेको माओवादीले भने जम्मा १२ लाख ७३ हजार ३४३ मत प्राप्त गरेको छ ।
त्यसैगरी चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले राष्ट्रिय जनता पार्टीले ४,५९,८४४ पाएको छ भने पाचौं स्थानमा रहेको राजपा नेपालले चार लाख ४६ हजार ७८९, विवेकशील साझाले दुई लाख ११ हजार ४६४, राप्रपाले एक लाख ९३ हजार ८६१, राप्रपा प्रजातान्त्रिकले ८७ हजार ४६९, नयाँ शक्ति पार्टी नेपालले ८० हजार ६८० र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । अब संसदमा एमाले,कांग्रेस, माओवादी र मधेसी २ दल सहित ५ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने भएको छ ।