राष्ट्र हितमा समर्पित

राहुल गान्धी बने भारतीय कांग्रेसको अध्यक्ष

शनिवार, १ पौष 5:49 PM

बिबिसि । राहुल गान्धीले शनिबारबाट १३२ वर्ष पुरानो भारतीय कांग्रेसको नेतृत्व सम्हालेका छन् । नेहरु गान्धी परिवारबाट पार्टीको नेतृत्व सम्हाल्ने उनी पाँचौ पुस्ताका सदस्य हुन् ।

यसअघि मोतिलाल नेहरु, जवाहरलाल नेहरु, इन्दिरा गानेधी, राजीव गान्धी र सोनिया गान्धीले नेतृत्व सम्हालि सकेका छन् ।
राजीव गान्धीको हत्याको सात वर्षपछि पार्टी नेतृत्व सम्हालेकी सोनिया गान्धीले १९ वर्षसम्म पार्टीको नेतृत्व सम्हालेपछि त्यसको विधिवत हस्तान्तरण राहुल गान्धीलाई गरिएको छ ।

भारतीय कांग्रेसका प्रवक्ता राजदीप सिंह सूर्जेवालाले सोनिया गान्धीले कांग्रेस अध्यक्षको पद मात्र त्याग गरेको तर राजनीतिबाट सन्यास नलिएको ट्वीट मार्फत जानकारी दिएका छन् ।

४८ वर्षीय राहुल गान्धी गुजरात तथा हिमाञ्चल प्रदेशमा भएको सम्पन्न चुनावी प्रचारबाट फर्किएपछि उनको ‘राज्याभिषेक’ नयाँ दिल्लीको २४–२६ अकबर रोडस्थित कांग्रेस मुख्यालयमा भएको छ ।