राष्ट्र हितमा समर्पित

विश्व हिन्दु महासंघ कलंकीले धार्मिक शक्ति केन्द्र बनाउने

मङ्गलवार, ११ पौष 11:28 AM

विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीको अध्यक्षतामा बसेको केन्द्रिय सम्पादन समितिको बैठकले धार्मिक शक्ति केन्द्र बनाउने गरी विभिन्न निर्णयहरु गरेको छ ।
संघको कार्यालयमा गत पुष १० गते बसेको बैठकले प्रदेश संरचना निर्माण गर्ने, अगामी चैत २४ र २५ गते सातौं राष्ट्रिय महासभा गर्ने, विभिन्न धार्मिक संघ संगठनहरुसँग समन्वय गर्ने लगायतको निर्णय गरेको हो ।
संघको बैठकले सनातन हिन्दु मोर्चालाई एकताको निम्ति लिखित पत्राचार गर्ने समेत निर्णय गरेको छ । त्यस्तै बैठकले विभिन्न धार्मिक व्यक्तिहरुलाई जिम्मेवारी समेत तोकेको छ ।