राष्ट्र हितमा समर्पित

राप्रपाले बोलायो केन्द्रिय समिति बैठक

बुधवार, १२ पौष 8:01 PM

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )ले चुनावमा हार व्यहोरे पश्चात नतिजाको समिक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा पार्टीका अध्यक्ष कमल थापको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले केन्द्रिय समिति बैंकक पुष १९,२०,२१ गते काठमाडौंमा बोलाएको छ भने केन्द्रीय परिषदको बैठक फागुनको दोस्रो हप्ता वीरगंजमा गर्ने पनि निर्णय गरेको छ ।
प्रत्येक बर्ष झै राप्रपाले यस पटकको पृथ्वी नारायाण शाहको जन्म जयन्ति तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाल पुलिस क्लबमा चियापान कार्यक्रम आयोजना गर्ने पनि निर्णय गरेको छ ।