राष्ट्र हितमा समर्पित

राप्रपाले स्व.राजा विरेन्द्रको बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठी गर्दै ।

बुधवार, १२ पौष 9:34 PM

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुष १४ गते स्व.राजा श्री ५ विरेन्द्रको जन्म जयन्तीको उपलक्ष्यमा भातृ संगठन मार्फत राजा विरेन्द्रको बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठी गर्ने भएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले विचार गोष्ठी गर्ने निर्णय गरेको हो ।बैठकले निर्वाचनको समिक्षा गर्न  पुष १९,२० र २१ गते काठमाडौंमा केन्द्रिय समिति बैठक समेत बोलाएको छ ।त्यस्तै बैठकले पृथ्वीनारायण शाहको जन्म जयन्तीमा चियापान कार्यक्रमको आयोजना गर्ने र माघमा केन्द्रिय परिषद बोलाउने समेत निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।