राष्ट्र हितमा समर्पित

राप्रपाका भातृ संगठनले राजा विरेन्द्रको जन्म जयन्तीको उपलक्ष्यमा विचार गोष्ठी गर्दै

बिहिवार, १३ पौष 4:10 PM

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भातृ संगठनले पुष १४ गते शुक्रबार राजा श्री ५ विरेन्द्रको जन्म जयन्तीको उपलक्ष्यमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।
पुष १४ गते राजा विरेन्द्रको जन्म जयन्तीको उपलक्ष्यमा राप्रपाका भातृ संगठनहरुले नयाँ बानेश्वर स्थित अनमोल ब्याङ्केटमा राप्रपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यमा श्री ५ विरेन्द्रको बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।
कार्यक्रममा पार्टी अध्यक्ष, उपप्रधान तथा उर्जा मन्त्री अध्यक्ष कमल थापा, नेपाल कम्युनिष्ट पार्टी (माले) का अध्यक्ष सि.पी मैनाली लगायतले सम्बोधन गर्ने बताईएको छ ।