राष्ट्र हितमा समर्पित

राप्रपा जिल्ला अध्यक्ष गणेश थापाद्वारा राजीनामा

शुक्रवार, १४ पौष 10:15 PM

राप्रपा पार्टी अध्यक्ष कमल थापाले चुनाव हारे पश्चात राप्रपा मकवानपुर जिल्ला अध्यक्षबाट गणेश थापाले राजीनामा दिएका छन् ।
थापाले राजीनामा दिदै भने राप्रपा अध्यक्ष जस्तो राष्ट्रवादी व्यक्ति चुनावमा पराजित हुनु जिल्लाका लागि अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
आफुले सक्दो प्रयास गर्दा पनि अध्यक्षलाई चुनाव जिताउन नसकेकोमा नैतिक जिम्मेबारी समेत थापाले लिएका छन् ।
उनले निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने शुभेच्छुक तथा मतदाताप्रति आभारी व्यक्त गरेका छन् ।
साथै थापाले आफ्नो राजीनामा र पार्टीको हारबाट बिचलित नहुन तथा संगठन सुदृढीकरणमा लाग्न सबै कार्यकर्तामा आहृवान समेत गरेका छन् ।