राष्ट्र हितमा समर्पित

ईपीएलको उपाधी विराटनगरलाई

शनिवार, १५ पौष 5:12 PM

बिराटनगर वारियर्सले एभरेष्ट प्रेमियर लिग क्रिकेट ईपीएलको उपाधि जितेको छ । प्रतियोगितामा अपराजित रहँदै बिराटनगरले उपाधि हात पारेको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आज भएको सनसनी पूर्ण खेलमा भैरहवा ग्लाडिएटर्सलाई एक रनले पराजित गर्दै बिराटनगरले २१ लाख रुपैयाँ पुरस्कार हात पारेको हो ।
अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा अनिलकुमार शाहले ७ खर्चेर ३ विकेट लिएपछि बिराटनगरको जित सम्भव भएको हो । बिराटनगरले भैरहवालाई लिग चरणमा ३५ रन र क्वालिफायर राउण्डमा ८ विकेटले पराजित गरेको थियो ।
बिरानगरले दिएको १ सय ५० रनको लक्ष्य भैरहवाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रनमात्र बनाउन सक्यो । भैरहवाका लागि क्याप्टेन शरद भेषावकरले कप्तानी पारी खेल्दै ३९ बलमा ५२ रन जोडेपनि टाोलीलाई जित भने दिलाउन सकेनन । करण केसीको डाइरेक्ट हिटमा रनआउट हुनु पूर्व उनले चार चौका र समान छक्का प्रहार गरेका थिए । प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रन जोडेका थिए । अन्सुमन रथले एक ओभरमा ३६ रन दिएपछि भैरहवा एक समय जित नजिक पुगेको थियो तर क्याप्टेन पारस खड्काले ३ तथा करण केसी र अनिल शाहले समान २ विकेट लिएपछि बिराटनगर उपाधि जित्न सफल भयो ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगर वाारियर्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार पारेको थियो । अन्सुमन रथले ४१, क्याप्ेटन पारस खड्काले २७ र अनिलकुमार शाहले २२ रन जोडेका थिए । यसअघिका सवै इनिङ्समा उल्लेख्य पारी खेलेका बाबर हायत ११ रनमा आउट भएपछि वाारियर्सको इनिङ्स धरमराएको थियो । करण केसी र बसन्त रेग्मले अन्तिम चार बलमा १२ रन जोडेका थिए । कृष्ण कार्की र हरिशंकर शाहले समान २ तथा शरद भेषावकर र आरिफ शेखले समान एक विकेट लिए ।

कान्तिपुर अन्लाईनबाट साभार