राष्ट्र हितमा समर्पित

राजा ज्ञानेन्द्र र कमल थापाबीच भेट वार्ता

शनिवार, १५ पौष 7:44 PM

राप्रपा अध्यक्ष कमल थापाले नेपालगञ्जमा राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छ्न । भेटमा थापाले अब राजसंस्था र हिन्दुराष्ट्रका लागि सडक आन्दोलन गर्ने बताएका छन्। राजा र थापाबीच झन्डै डेढ घण्टाभन्दा लामो समय वार्ता चलेको थियो ।
मध्य तथा सुदुर पश्चिम क्षेत्रको भ्रमण आफ्नो समेत लगानी रहेको चार तारे होटल सोल्टी सोल्टी सिबक्रिम होटल एण्ड रिसोर्टको उद्घाटनका लागि पूर्व राजा ज्ञानेन्द्र गत बिहीबार नेपालगञ्ज आइपुगेका हुन्।
थापाले पछिल्लो निर्वाचन परिणामपछि संसदमा हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कमजोर भएको स्वीकारे। यद्यपि ती मुद्दालाई स्थापित गर्न राप्रपाले सडक आन्दोलन चर्काउने उनको दाबी थियो।
‘हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डा संसदमा कमजोर भयो, सडकमा सशक्त बनाउँछौँ,’ उनले भने, ‘जनताले पनि राप्रपालाई सडक आन्दोलनमा देख्न चाहन्छन्।’
थापाले पत्रकारसँगको भेटघाटमा चुनावी परिणामबाट आफूहरु विचलित नभएको दाबी गर्दै आफ्नो पार्टीको नीति र सिद्दान्त उपयुक्त भएको पनि तर्क गरे।