राष्ट्र हितमा समर्पित

राजपा र फोरमको एकता

आइतवार, १६ पौष 11:16 AM

राष्ट्रिय जनता पार्टी राजपाले संघीय समाजवादी फोरमसँग छिट्टै पार्टी एकता गर्ने बताईएको छ ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले फोरमसँगको एकता प्रक्रिया केही दिनमै शुरु गर्ने एक रेडियो कार्यक्रममा बताएका हुन ।
एकता गर्ने आवश्यक भएको र हालै सम्पन्न चुनावको जनादेशले पनि त्यस्तै बताएको हुँदा एकीकरण गर्न लागेको बताए ।
फोरमका अध्यक्ष उपेन्द्र यादवले एकीकरणका लागि न्यूनतम शर्तहरु पूरा हुनु पर्ने बताउदै आएका छन् ।