राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

राप्रपाले पृथ्वी जयन्तीमा चियापान कार्यक्रम गर्ने

सोमवार, १७ पौष २०७४ ८:५५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा पुष २७ गते चियापान कार्यक्रम गर्ने भएको छ ।
हरेक बर्ष झै राप्रपाले पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा पुलिस क्लब प्रदर्शनी मार्गमा चियापान कार्यक्रम गर्न लागेको हो ।
राप्रपाका प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा कार्यक्रमको बारे बताईएको छ ।
चियापान कार्यक्रममा विभिन्न दलका नेता कार्यकर्ताका, विदेशी नियोगका कर्मचारी, लगायत विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिने प्रवक्ता पाठक बताउनु हुन्छ ।

थप जानकारी