राष्ट्र हितमा समर्पित

राप्रपाको केन्द्रिय बैठक शुरु

बुधवार, १९ पौष 12:11 PM

पुष १९ काठमाडौं, नयाँ बानेश्वर स्थित अनमोल ब्याङकेट्मा राप्रपाको केन्द्रिय समिति बैठक शुरु भएको छ । हालै सम्पन्न निर्वाचनमा अनपेक्षित नतिजा हासिल गरेपश्चात पार्टीले हतार हतार केन्द्रिय बैठक राखेको हो । बैठक पुष २१ गतेसम्म हुने बताईएको छ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको भावी कार्ययोजनमा, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा, महामन्त्रीद्वारा प्रस्तुत सचिवालयको प्रतिवेदन,कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा पार्टीको आगामी कार्यक्रम विषयमा केन्द्रित रहने बताईएको छ ।